काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको छ ।
केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको विवरण अध्यावधिक गर्न रास्वपाले निर्वाचन आयोगमा दिएको निवेदनमा बोहरालाई कोषाध्यक्षबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ ।
आयोगले अध्यावधिक गरेर बुधबार कायम गरेको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको सूचीमा बोहरालाई केन्द्रीय सदस्य कायम गरिएको उल्लेख छ ।




उज्यालो खबर




