काठमाडौँ । एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। गृह मन्त्रालयले बुधबार उपसचिवस्तरीय प्रजिअ रहने जिल्लामा सिडिओ फेरबदल गरेको हो।
प्राप्त विवरणअनुसार बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रुकुमपूर्व, म्याग्दी, कालिकोट, रुकुमपश्चिम, डोल्पा र हुम्ला जिल्लाका लागि नयाँ प्रमुख जिल्ला अधिकारी पठाइएको छ।
गृहमन्त्री रमेश लेखकका निजीसचिव बद्री प्रसाद तिवारीलाई म्याग्दीको प्रजिअ नियुक्त गरिएको छ भने इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख नवराज पौडेललाई मनाङ प्रशासनको नेतृत्व जिम्मेवारी दिइएको छ।



उज्यालो खबर




