×

काठमाडौं । वीरगञ्ज महानगरपालिका आसपासमा देखिएको झाडापखाला र हैजाका कारण २२ जना आईसीयू र ६ जना एचडीयूमा उपचाररत छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर- १, ३, ११, १२, १३ र १६ का १९४ जनालाई झाडापखलाको लक्षण देखा परेको छ । तीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ९५ जना अझै विभिन्न स्वास्थ्य संस्थामा उपचाररत छन् ।

नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, आशाराम अस्पताल, एडभान्स हस्पिटल, वीरगञ्ज हेल्थ केयर, नारायणी सेन्ट्रल, सर्वोत्तम, स्पर्स मल्टी स्पेसलिटी, प्रभु, भवानी, अली अर्त, निलकन्ठ एन्ड रिसर्च र तराई अस्पतालमा उपचार भइरहेको छ । ६ भदौमा संकलित नमुनामा गरिएको परीक्षणमा ७१ जनामा आरडीटी मार्फत हैजा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया