काठमाडौं । लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका ६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्याम बहादुर खत्री र भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय सिरिस बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।बस्नेत गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसमेत हुन् ।
प्रहरीका अनुसार बस्नेत सवार बा ५३ प ८८९९ नम्बरको मोटरसाइकल विपरीत दिशामा रहेको बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग गएराति ९ बजेदेखि १० बजेको बिचमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि च्छो रोल्पा अस्पताल चरिकोटमा पठाइएकोमा केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।



उज्यालो खबर




