अमरापुरी खानेपानीमा एमाले-जनमाेर्चा र काँग्रेस -राप्रपा भिड्दै, माओवादी एक्लै मैदानमा
गाेविन्द घिमिरे
गैँडाकाेट । पूर्वि नवलपरासीमा रहेको अमरापुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि दलहरुले प्यानल सहित उमेद्वारी दर्ता गराएका छन् ।नयाँ नेतृत्व चयनका लागि नेकपा एमाले र राष्टिय जनमोर्चा, नेपाली काँग्रेस र राप्रपाले प्यानल बनाएर उमेदवारी दर्ता गराएका छन् भने नेकपा माओवादी केन्द्र एक्लै चुनावमा होमिएको छ ।
मंसिर १९ गते चयन हुने नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि नेकपा एमाले र राष्टिय जनमोर्चाले लालमाया गुरुङलाई अघि सारेको छ । त्यसै...


