देवघाट। देवघाटधाममा गण्डकी परिक्रमा २०७८ हुने भएको छ । मंसिर १ गते धार्मिक पर्यटनको प्रवद्र्दन गर्ने उदेश्यका साथ देवघाट क्षेत्र बिकास समितिले मंसिर १ गते देवघाटधमको पूर्ण परिक्रमा कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

देवघाटधामको धार्मिक महत्व, एवं भौतिक विकासलाई संवर्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचार प्रसार गर्ने उदेश्यका साथ गण्डकी परक्रिमा कार्यक्रमको आयोजना गरिएको देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिनुभयो ।

सो अवसरमा दुर्लभ देवनदीहरुको पूजन, सिद्द हरिहरक्षेत्रको भ्रमण, मौलाकालिका दर्शन, लगाएतका कार्यक्रम हुने समेत निर्देशक घिमिरेले जानकारी दिनुभयो ।सो अवसरमा बिहान सात बजेबाट हुने परिक्रमा तनहँ तर्फ देवघाट वेणीसगंम, चितवनतर्फ देवघाट वसपार्क हुदै नवलपुर तर्फ गैडाकोटाको पुलचोक हुदै मौलाकालिकासम्म परिक्रमा हुने निर्देशक घिमिरेले बताउनु भएको छ

तपाईको प्रतिक्रिया