×

गाेविन्द घिमिरे

गैँडाकाेट । पूर्वि नवलपरासीमा रहेको अमरापुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि दलहरुले प्यानल सहित उमेद्वारी दर्ता गराएका छन् ।नयाँ नेतृत्व चयनका लागि नेकपा एमाले र राष्टिय जनमोर्चा, नेपाली काँग्रेस र राप्रपाले प्यानल बनाएर उमेदवारी दर्ता गराएका छन् भने नेकपा माओवादी केन्द्र एक्लै चुनावमा होमिएको छ ।

मंसिर १९ गते चयन हुने नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि नेकपा एमाले र राष्टिय जनमोर्चाले लालमाया गुरुङलाई अघि सारेको छ । त्यसैगरी मनहरी सापकोटाले काँग्रेस र राप्रपाको प्रतिनिधित्व गर्दै अध्यक्ष पदमा उमदेवारी दर्ता गराएका छन् । अध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रले गोपी कंडेललाई अघि सारेको छ ।

अध्यक्ष पदमा उमेदवारी दिएका कंडेल अमरापुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको हालका अध्यक्ष हुन् भने गुरुङ हालका उपाध्यक्ष हुन् त्यसैगरी नेपाली काँग्रेस र राप्रपाको प्रतिनिधित्व गर्दै उमेदवारी दिएका सापकोटा यो भन्दा पहिलाको अधिवेशनमा अध्यक्ष पदमा पराजित उमेदवार हुन् ।

त्यस्तै उपाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । एमाले जनमोर्चा गठबन्धनबाट कुन्तादेवी शर्मा, काँग्रेस राप्रपा गठबन्धनबाट गंगादेवी सुवेदी र नेकपा माओवादी केन्द्रबाट बिष्णु कुमारी पोखरेलको उम्मेदवारी परेको छ ।

कार्यसमितिको सचिव पदका लागि एमाले जनमोर्चा गठबन्धनबाट उमानन्द कण्डेल, काँग्रेस राप्रपा गठबन्धनबाट हिरालाल सापकोटा र माओवादी केन्द्रबाट श्याम नारायण ढकालको उम्मेदवारी परेको छ । सचिवमै स्वतन्त्र रुपमा श्यामबहादुर क्षेत्रीले उमेदवारी दर्ता गराएका छन् ।
कोषाध्यक्षमा एमाले जनमोर्चा गठबन्धनबाट नारायणप्रसाद देवकोटा, काँग्रेस राप्रपा गठबन्धनबाट कमला गुरुङ र नेकपा माओवादीबाट हरिप्रसाद उपाध्यायको उम्मेदवारी परेको छ ।त्यसैगरी सहसचिव पदमा एमाले जनमोर्चा गठबन्धनबाट भिमकुमारी कंडेल सापकोटा, काँग्रेस राप्रपा गठबन्धनबाट रमा पाण्डे र माओवादीबाट मधुमाया पुडासैनीको उम्मेदवारी परेको छ ।

त्यस्तै लेखा संयोजकमा कृष्णप्रसाद सापकोटा, विजय अधिकारी, बिष्णुप्रसाद सापकोटाले उम्मेदवारी दिएका छन् । लेखा सदस्य महिला पदका लागि अमृता क्षेत्री, श्यामा देवी रेग्मी, गिता ढकालको उम्मेदवारी परेको छ । लेखा सदस्य पदका लागि कृष्णराज सापकोटा, रमाकान्त कंडेल र रामचन्द्र पराजुलीको उम्मेदवारी परेको छ ।

सदस्य पदका लागि चुनमाया गुरुङ, पदममाया बाचे मगर, देवी तामाङ, पूर्णमाया वि.क, मुना वि.क, मधु दमाइ ,तुलसीराम शर्मा, बलराम सापकोटा, कृष्णप्रसाद जैसी, लोकनाथ पुरी, बिष्णु प्रसाद रानाभाट, माया जमरकट्टेल,नरिश्वर गैरे, चेतराम कंडेल, लक्ष्मी नेपाली,बलराम कंडेल, टिकबहादुर रोका र  रेखबहादुर थापाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका संयोजक तेजेन्द्र प्रसाद सापकोटाका अनुसार संस्थाको १९ औँ बार्षिक साधारण तथा सातौँ अधिवेशन अन्तर्गत उम्मेदवारी फिर्ताका लागि मंसिर २ गते १० बजेदेखि २ बजेसम्मको समय दिइएको छ ।

तपाईको प्रतिक्रिया