×

नवलपुर । नेपाली काँग्रेसको चौधौँ महाधिवेशनको सरगर्मी आजबाट ह्वात्तै बढेको छ । महाधिवेशन अन्तर्गत नवलपुर प्रदेश सभा क्षेत्र नं १ क क्षेत्रिय कार्यसमितिको शनिबार आज मतदान हुने भएको छ । पार्टीको जिल्ला निर्वाचन समितिका अनुसार प्रदेश सभाको क्षेत्रीय निर्वाचनका लागि आज मनोनयन भएको छ ।

डां शंसाक काेईराला प्यानल निकट भनेर चिनिएका तारापती खरेल र महेन्द्रध्वज जिशी प्यानल निकट भनेर चिनिएका गोपाल सापकोटा विच सभापतिमा प्रतिष्पर्धा हुने देखिएकाे छ । नवलपुर प्रदेश सभा क्षेत्र नं. १ क क्षेत्रिय कार्यसमितिको सभापतिमा तारापति खरेल र गोपालप्रसाद सापकोटाकाे उम्मेदवारी  परेकाे छ । भाेलिकाे निर्वाचनमा ५९५ जना मतदाताले भाेट हाल्नेछन् ।

दुवैजनाविच तिव्र प्रतिष्पर्धा देखिएकाे छ । काँग्रेस महामन्त्री डा‌ं शसांक काेईराला निकटका उनलाई जिल्ला सभापति पदका उमेदवार समेत रहेका काँग्रेसका पाका नेता मदनभक्त अधिकारीका साथै हालका काँग्रेस सभापति बद्री सापकाेटा लगायतकाे ठुलाे साथ रहेकाे देखिएकाे छ । त्यसाे युवाहरुकाे प्रतिनिधित्व गर्दै सभापतिमा उमेदवारी दिएका गाेपाल प्रसाद सापकाेटा पनि बलियाे प्रतिष्पर्धी भएकाे उनि निकट काँग्रेसजन बताउछन् । सापकाेटालाई पुर्व सासंद महेन्द्रध्वज जिशी, नेताहरु खेमराज सापकाेटा, अमृत भट्टचन लगायतकाे साथ छ ।

उपसभापति २ पदका लागि ४ जनाको उम्मेदवारी, सचिव २ पदका लागि ४ जनाको उम्मेदवारी, सहसचिव २ पदका लागि ४ जनाको उम्मेदवारी, प्रत्यक्ष महिला तर्फ ३ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । प्रत्यक्ष खुला तर्फ ७ पदका लागि १४ जनाको उम्मेदवारी रहेको छ । यस्तै खसआर्य महिला तर्फ १ पदका लागि २ जनाको उम्मेदवारी, खस आर्य खुला तर्फ २ पदका लगि ४ जनाको उम्मेदवारी रहेको छ ।

 

तपाईको प्रतिक्रिया