×

गैँडाकोट । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर प्रदेश सभा क्षेत्र नं १ (क) क्षेत्रिय कार्यसमितिको सभापति पदमा युवा नेता गोपाल प्रसाद सापकोटा विजयी भएका छन् ।सभापतिको दौडमा रहेका तारापति खरेललाई भारी मतले पछि पार्दै युवा नेता सापकोटाले सभापति पदमा बाजी मारेका हुन् ।

नेपाली काँग्रेसका महामन्त्री तथा नवलपुर निर्वाचन क्षेत्र नं. १ का सांसद शंसाक कोईराला निकट मानिने तारापति खरेललाई उछिन्दै नेता महेन्द्रध्वज जिसी निकट मानिएका सापकोटा सभापति पदमा विजयी भएसँगै काँग्रेसभित्र ठुलो तरंग छाएको छ । सभापतिमा सापकाेटा विजयी हुनुले अवकाे क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशनलाई समेत धक्का पुग्ने काँग्रेसजन बताउछन् ।

क्षेत्रीय कार्यसमितिको उपसभापति पदमा गोविन्द राज कोईराला र कविराज आचार्य विजयी भए ।

 

तपाईको प्रतिक्रिया