×

मध्य नेपाल

पुनर्निर्माण प्राधिकरणको ६ वर्षे कार्यकाल सकियो : केही निजी आवाससहित सम्पदाका काम बाँकी

पुनर्निर्माण प्राधिकरणको ६ वर्षे कार्यकाल सकियो : केही निजी आवाससहित सम्पदाका काम बाँकी
काठमाण्डौ- भूकम्पले भत्किएका भौतिक संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिएको छ ।आजदेखि प्राधिकरणको ६ वर्षे कार्यकाल पूरा भएको हो । पुनर्निर्माण तथा पुनर्स्थापनाका बाँकी रहेका काम हस्तान्तरणसहित प्राधिकरण बिदा भएको छ । भूकम्पपछि २०७२ साल पुस १० गते प्राधिकरण स्थापना भएको थियो । प्राधिकरणको संस्थागत व्यवस्था भोलि शनिवारदेखि रहने छैन । ६ वर्षमा प्राधिकरणको नेतृत्व पाँच पटक हेरफेर भएको थियो । प्राधिकरणका अनुसार...

चितवनमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

चितवनमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
चितवन–चितवनमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोलाई कुटपिट गरि हत्या गरेको अभियोगमा २५ वर्षीया साजन महतोलाई चितवन प्रहरीले पक्राउ गरेको हो । उनलाई पुस ६ गते पक्राउ गरि ज्यान सम्बन्धी कसुरमा चितवन जिल्ला अदालतबाट म्याथ थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । पुस ५ गते राति घर छेउमै अम्बिका लडेको अवस्थामा फेला परेकी थिइ...

मेरुदण्ड भाचिएका शेर्पा लाई एनआरएनए सेसेल्सकाे सहयोग

मेरुदण्ड भाचिएका शेर्पा लाई एनआरएनए सेसेल्सकाे  सहयोग
चितवन । रुखबाट लडेर मेरुदण्ड भाचिएका पासाङ निमा शेर्पा लाई एनआरएनए सेसेल्सले आर्थिक सहयोग गरेको छ ।रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नम्बर १ बालुवा निवासी ४६ वर्षका शेर्पाको उपचारका लागि एनआरएनए सेसेल्सले दुई लाख छ हजार एक सय सन्तानब्बे रूपैयाँ आर्थिक सहयोग गरेको हो । एनआरएनए सेसेल्सका पंजीकृत सदस्य निरोज प्रकाश गिरी र मोहन थापाले बुधवार अस्पतालमै पुगेर विरामीका परिवारलाई रकम हस्तान्तरण गरेका हुन ।२ बर्ष अगाडि रुखबाट लडेर मेरुदण्ड भाँचिएको शेर्पाको आर्थिक अभावका कारण...

कांग्रेस महाधिवेशन : आज उपसभापति पदको मात्र मतगणना हुने

कांग्रेस महाधिवेशन : आज उपसभापति पदको मात्र मतगणना हुने
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए । कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ । मंगलबार राति सार्वजनिक मत परिणाम अनुसार सभापतिमा २७३३ मत ल्याएर शेरबहादुर देउवा निर्वाचित भएका छन् । सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले १८५५ मत पाए ।

प्रचण्ड र नेपाल अस्थिरताका सम्वाहक हुन् : ओली

प्रचण्ड र नेपाल अस्थिरताका सम्वाहक हुन् : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा दिएका छन् ।नेपालमा अस्थीरता मचायन खोज्ने नियत्रित शक्तिहरु सक्रिय रहेको र त्यसका सम्वाहक प्रचण्ड र नेपाल रहेको आरोप ओलीले लगाए । नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आज ललितपुरमा सम्बोधन गर्दै ओलीले भने, ‘नियन्त्रित अस्थीरताका सम्वाहक शक्तिहरु यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी च...

फरार अभियुक्त २३ बर्षपछि पक्राउ

फरार अभियुक्त २३ बर्षपछि पक्राउ
नवलपरासी । नवलपरासी (पश्चिम) प्रहरीले २३ बर्षदेखि फरार रहेका १ जना अभियुक्त पक्राउ गरेको छ । २०५५ फागुन १९ गते नवलपरासी जिल्ला अदालतबाट लागु औषध मुद्धामा फैसला भई तत्काल १ बर्ष, ६ महिना कैद सजाय र रु ५ हजार जरिवाना तोकिएका प्रतापपुर गाँउपालिका वडा नं.८ का त्रिलोकी केवटलाई प्रहरी चौकी पांचपेडाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो । केवटलाई आवश्यक कारवाहीको लागि नवलपरासी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केवट आजै कारागार चलान भएको डिएसपी प्र...

१ लाख ४४ हजार मुल्य बराबरको चरेसको गिलास बरामद

१ लाख ४४ हजार मुल्य बराबरको चरेसको गिलास बरामद
नवलपुर । भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १ लाख ४४ हजार मुल्य बराबरको ३६० थान चरेसको गिलास नवलपरासी (पश्चिम) प्रहरीले बरामद गरेको छ । उक्त अवैध सामान (चरेसको गिलास) प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले आज बिहान ०६ः३० बजेको समयमा जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा नं. ४ लुतपुरवा स्थितबाट बरामद गरेको हो । उक्त सामान भारतबाट भन्सार छली मोटरसाईकलमा राखि नेपाल तर्फ ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान छाडि मोटरसाईकल सहित मानिस भागेका थ...

बुटवल–पाल्पा सडक पुस १३ सम्म रातिमा बन्द

बुटवल–पाल्पा सडक पुस १३ सम्म रातिमा बन्द
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड मंगलबारदेखि १५ दिनसम्म रातमा बन्द हुने भएको छ ।सडक चौडा बनाउन पहाड कटान गर्नुपर्ने भएकाले मंगलबार आज देखि पुस १३ गतेसम्म राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सो अवधिमा बुटवल सिद्ध बाबादेखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्मको सडक खण्डमा रातभर सवारी साधन सञ्चालन गर्न बन्द गरिने छ । उक्त सडक महेश इन्जिनियरिङ सत्यवती जेभी नवलपर...

कांग्रेस महाधिवेशन : प्रतिनिधि उत्साहित, तर मतदान ढिलो हुँदा भने निराश

कांग्रेस महाधिवेशन : प्रतिनिधि उत्साहित, तर मतदान ढिलो हुँदा भने निराश
काठमाण्डौ ।  नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।मतदानका लागि समयमा नै महाधिवेशन प्रतिनिधि मतदानस्थलमा पुगे पनि मतदानमा भने ढिलाइ भइरहेको छ ।प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्साहित भएर बिहानैदेखि लाइनमा बसे पनि समयमा नै मतदान सुरु नहुँदा निराश भएका छन् । बिहान ८ बजेदेखि नै सुरु हुने मतदान अझै सुरु हुन सकेको छैन । मतदानस्थलमा मत पत्र नपुगेकाले ढिलाइ भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।लाइनमा उभिएका मतदातासँग...