चितवन – चितवनको माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले कर्मचारी सरुवा बढुवामा मनोमानी गरेपछी स्थानियवासीहरु रुष्ट बनेका छ्न । माडीका विभिन्न बिबादमा चर्चामा आइरहने मेयर ढकालले यसपटक आफुखुशी हाल कार्यरत  प्रमुख प्रशासकीय अधिकृत लाई अन्यत्र सरुवा गरि आफ्नो अनुकुलका कर्मचारी लाई प्रशासकीय अधिकृतका रुपमा ल्याउन लागेपछि माडीवासीहरु रुष्ट बनेका हुन ।

करिव ८ महिना अगाडी प्रमुख प्रशासकीय अधिकृत रुपमा आएका अर्जुन गौतमलाई प्रदेश नं. २ मुख्यमन्त्री कार्यालयमा सरुवा गरि आफू अनुकुलका कर्मचारी पुष्प ढकाल लाई कार्यकारी अधिकृतको जिम्मा दिन लागेपछी माडीवासी अचम्मित बनेका छ्न । गौतमको सरुवाका लागि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गर्नुभएको पत्र सार्वजनिक भएपछी स्थानीयवासी बिरोधमा उत्रिएका हुन । माडी नगरपालिकामा सरुवा भई आउनुभएका गौतम सेवा अवधी नपुग्दै सरुवा गराइनु र पुष्प ढ्काल लाई कार्यकारीका रुपमा अगाडी ल्याइनु सेटिङ भएको स्थानियवासीको भनाइ रहेको छ । गौतम गत २०७७ चैतमा दोलखाको जिरी नगरपालिकाबाट माडीको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आउनुभएको थियो ।सामान्यतः अवधी पुगेपश्चात वा आफैले आवेदन गरेमा वा कुनै अभियोग लागेमा मात्र कर्मचारीको सुरुवा हुनेगर्छ तर मेयर ढकालले आफू अनुकुलको कर्मचारी कार्यकारी अधिकृत बनाएर आफू मनपरि गर्न खोजेको माडीका स्थानियहरुको भनाइ रहेको छ । कार्यकारी अधिकृत गौतम माडी आउनु अगाडी निमित्त भै काम गरेका ढकालले माडीको जग्गा खण्डिकरणका बिषयमा पुरानो मितिमा बैठक राखेको देखाइ केही निर्णय गरेपछी बिबादमा तानिनु भएको थियो ।

यसैबिच माडी नगरपालिकाका वडा नम्बर ९ का अध्यक्ष तथा प्रबक्ता शिबहरि सुवेदीले नगरपालिकाका कार्यकारी अधिकृतका बिषयमा आफू लाई कुनै जानकारी नभएको बताउनु भएको छ । कार्यपालिकाको बैठक वा अन्य कुनै बैठकमा सो बिषयमा छलफल नभएको र हाल कार्यरत कार्यकारी अधिकृतको सरुवा गर्नु माडीको मर्म बिपरित भएको बताउनु भएको छ । उहाले मेयरको राजनैतिक स्वार्थका कारण गरिन लागेको यस्तो किसिमको काम आफुहरु लाई मान्य नहुने बताउदै कर्मचारी ल्याउदै समय अगाबै धपाउने परम्पराले माडीको बिकाशमा बाधा आउने र यस्ता किसिमको क्रियाकलाप रोक्न माग गर्नु भएको छ । यता माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेलले आफ्नो फेशबुक पेजमा मेयर ढकालको मनपरि तन्त्रको बिरोध गर्दै बिधिको शासन चल्न दिन अनुरोध गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया