×

मध्य नेपाल

नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकाेटको अध्यक्षमा रामचन्द्र सापकोटा चयन

नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकाेटको अध्यक्षमा रामचन्द्र सापकोटा चयन
गैँडाकोट । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोट ९ नवलपुरको अध्यक्षमा रामचन्द्र सापकोटा चयन हुनुभएको छ । केन्द्रको आज सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनले सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा विष्णु प्रसाद कँडेल, सचिवमा नारायण प्रसाद सापकोटा, कोषाध्यक्षमा अन्जु कँडेल, सहसचिवमा रामचन्द्र सापकोटा चयन हुनुभएको छ । त्यसैगरी समितिको सदस्यहरुमा एकदेव डिस्वा, टंक प्रसाद सापकोटा, गमता पाण्डे र सुम्निमा पौडेल कँडेल चयन हुनुभएको नवनिर्वाच...

कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेकालाई आर्थिक सहायता दिने

कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेकालाई आर्थिक सहायता दिने
चितवन । चितवनको कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता प्रदान गर्ने भएको छ । नगरपालिकाले यही पुस ९ गते सार्वजनिक सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका नगरवासीलाई १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ । नगरपालिकाका जनस्वास्थ्य अधिकृत दीपक भण्डारीले चालु आर्थिक वर्षमा नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि भनेर रु दुई लाख विनियोजन गरेको जानकारी दिनुभयो । “मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूप...

माडीका मेयरको हर्कत : आफुखुशी कर्मचारी राख्न दवाव

माडीका मेयरको हर्कत : आफुखुशी कर्मचारी राख्न दवाव
चितवन - चितवनको माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले कर्मचारी सरुवा बढुवामा मनोमानी गरेपछी स्थानियवासीहरु रुष्ट बनेका छ्न । माडीका विभिन्न बिबादमा चर्चामा आइरहने मेयर ढकालले यसपटक आफुखुशी हाल कार्यरत  प्रमुख प्रशासकीय अधिकृत लाई अन्यत्र सरुवा गरि आफ्नो अनुकुलका कर्मचारी लाई प्रशासकीय अधिकृतका रुपमा ल्याउन लागेपछि माडीवासीहरु रुष्ट बनेका हुन । करिव ८ महिना अगाडी प्रमुख प्रशासकीय अधिकृत रुपमा आएका अर्जुन गौतमलाई प्रदेश नं. २ मुख्यमन्त्री कार्यालयमा सरुवा गरि आफू अनुकु...

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बीमा

सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै बीमा
चितवन । भरतपुर अस्पतालको मुख्य आम्दानी स्वास्थ्य बीमा कार्यक्रम बन्दै गएको छ । ४ वर्षअघि यस अस्पतालमा बीमा कार्यक्रम शुरू भएको थियो । हालसम्म बीमा कार्यक्रमबाट अस्पतालले रू. ७२ करोड ६७ लाख आम्दानी गरिसकेको छ । थप रू। ४ करोड भुक्तानी लिने प्रक्रियामा रहेको छ । बीमा कार्यक्रम लागू भएपछि ४ लाख पटक बीमा दाबी भएको तथ्यांक रहेको छ । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम छुट्टै विभागमार्फत हेरिँदै आएको छ । बीमा कार्यक्रमको दाबी भुक्तानी हेर्दै आउनुभएका लीलाधर पौडेलका अनुसार विसं २०७...

रौतहटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

रौतहटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
काठमाडौं । रौतहटमा भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।गरूडा नगरपालिका वडा नम्बर १ जयनगरमा मंगलबार अपराह्न सवा ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। प्रहरीका अनुसार जीपमा सात जना सवार थिए। त्यसमध्ये पाँच जनाको मृत्यु भएको र बाँकी तीन जना घाइते भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत भइसकेको छैन। गौरबाट गरूडा जाँदै गरेको बिआर ०५पिए ६९५३ नम्बरको स्कोर्पियो जीप आफैं अनियन्...

देशभरको मौसम बद्ली : पश्चिमी क्षेत्रमा पानी पर्न सुरु, हिमाली जिल्लामा भारी हिमपातको सम्भावना

देशभरको मौसम बद्ली : पश्चिमी क्षेत्रमा पानी पर्न सुरु, हिमाली जिल्लामा भारी हिमपातको सम्भावना
काठमाण्डौ - पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिमी क्षेत्रमा पानी पर्न थालेको छ ।पश्चिमका केही ठाउँमा मङ्गलवार बिहानैदेखि पानी पर्न थालेको र अन्य ठाउँको मौसम भने बद्ली रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार आज र भोलि दुई दिन देशभर मौसम बद्ली हुनेछ। धेरै ठाउँमा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा भारी हिमपातको पनि अनुमान छ । आज र भोलि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् पौडेलले बताउनुभयो।पर्सि बिहीवारदेखि ...

नारायणगढ–बुटवल सडक विस्तार : क्षेत्राधिकारभित्रका संरचना हटाइँदै

नारायणगढ–बुटवल सडक विस्तार : क्षेत्राधिकारभित्रका संरचना हटाइँदै
नवलपुर । नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक क्षेत्राधिकारभित्रका संरचना हटाउन थालिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम शुरू गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जानकारी दिएको छ । आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पुर्‍याएका बिजुलीको पोल, खानेपानीको पाइपलगायत संरचना हटाउन शुरू भएको जानकारी दिए । ‘बिजुलीको पोल सडक मापदण्डभित्र पर्दा सडक विस्तारमा समस्या उत्पन्न भएको थियो,’ आयोजना प्रमुख दिष्टीले भने, ‘योजनाले आफ्नै खर्चमा बिजुलीको...

इसाइ धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

इसाइ धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै
काठमाडौं । इसाइ ९क्रिश्चियन० धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनका अनुसार मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउ...

चितवनका १२ वर्षमाथिका  विद्यार्थीलाई पुस १३ गतेदेखि विद्यालयमै खोप

चितवनका १२ वर्षमाथिका  विद्यार्थीलाई पुस १३ गतेदेखि विद्यालयमै खोप
चितवन । चितवनमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई पुस १३ गतेदेखि विद्यालयमै कोभिड विरुद्धको खोप लगाईने भएको छ । दुई सयभन्दा बढी संख्यामा खोप लगाउने विद्यार्थी भएका विद्यालयमै खोप केन्द्र राखेर लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार १२ वर्षदेखि १७ वर्ष ११ महिना २९ दिनभित्रका विद्यार्थीलाई खोप लगाईने छ । विद्यार्थीलाई फाईजरको खोप लगाउन लागिएको हो । तिवारीका अनुसार यो खोप माईनर ७० डिग्री सेन्टिग्रेड चिसोमा राख्नुपर्ने हुन्छ । ...