गैँडाकोट । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोट ९ नवलपुरको अध्यक्षमा रामचन्द्र सापकोटा चयन हुनुभएको छ । केन्द्रको आज सम्पन्न आठौं साधारणसभा तथा पाँचौ अधिवेशनले सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

केन्द्रको उपाध्यक्षमा विष्णु प्रसाद कँडेल, सचिवमा नारायण प्रसाद सापकोटा, कोषाध्यक्षमा अन्जु कँडेल, सहसचिवमा रामचन्द्र सापकोटा चयन हुनुभएको छ । त्यसैगरी समितिको सदस्यहरुमा एकदेव डिस्वा, टंक प्रसाद सापकोटा, गमता पाण्डे र सुम्निमा पौडेल कँडेल चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष सापकोटाले बताउनुभयो ।

साधारणसभाको उद्घाटनसत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले केन्द्रको बिकासका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । सो अवसरमा उहाँले मेयरकप क्रिकेट प्रतियोगिता सञ्चालन गर्नका लागि नवजागरण ग्रामीण विकास केन्द्रको खेल मैदान उपयुक्त लागेको भन्दै त्यसतर्फ समेत आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया