गैँडाकोट । नेकपा एमाले निकट लोकतान्त्रीक मगरसंघ नेपाल गण्डकी प्रदेशको सचिवमा गैँडाकोटका युवा नरेश थापा निर्वाचित हुनुभएको छ ।गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न लोकतान्त्रीक मगरसंघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट थापा सचिवमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

प्रथम अधिवेशनमा सहभागि भएका २ हजार बढी प्रतिनिधिको मन जितेका थापा सर्वसम्मत सचिव पदमा निर्वाचित हुनुभएको हो ।आगामी तीनवर्षे कार्यकालका लागि सचिव पदमा निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मगर समुुदायको हकहितका लागि आफुले काम गर्ने भन्दै सर्वसम्मत रुपमा आफुलाई गण्डकी प्रदेशको सचिवमा निर्वाचित गर्ने सबैलाई धन्यवाद दिनुभयो ।गैँडाकोट नगरपालिका वडा नं. ८ का वडा सदस्य समेत रहनुभएका युवा व्यवसायी थापा समाजसेवीको रुपमा परिचत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया