काठमाडौं । रौतहटमा भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।गरूडा नगरपालिका वडा नम्बर १ जयनगरमा मंगलबार अपराह्न सवा ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

प्रहरीका अनुसार जीपमा सात जना सवार थिए। त्यसमध्ये पाँच जनाको मृत्यु भएको र बाँकी तीन जना घाइते भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत भइसकेको छैन।

गौरबाट गरूडा जाँदै गरेको बिआर ०५पिए ६९५३ नम्बरको स्कोर्पियो जीप आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मल्लले बताए। जीप सडकबाट १५-२० फिट तल खसेको हो।स्थानीयहरूले सो जीप विवाहमा गएको प्रहरीलाई जानकारी दिएका छन्। प्रहरीले पनि यसबारे पुष्टि गर्ने काम भइरहेको बताएको छ।

तपाईको प्रतिक्रिया