चितवनका १७ मध्ये दुई क्याम्पसमा मात्रै आज स्ववियु निर्वाचन हुँदै
चितवन–चितवनमा त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरी १७ वटा क्याम्पस रहेकामा दुई वटामा मात्रै आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ । माडी बहुमुखी क्याम्पस र टाँडीको सहिद स्मृति क्याम्पसमा आज स्ववियु निर्वाचनअन्तर्गत मतदान हुन लागेको हो ।
माडीमा आठ वटा विद्यार्थी संगठनहरुको गठबन्धन विरुद्ध एमाले निकटको अनेरास्ववियु एक्लै चुनाव लड्दै छ । सहिद स्मृतिमा भने एमाले, माओवादी र समाजवादी निकटका विद्यार्थी संगठनबीच तालमेल भएको छ ।
अन्य क्याम्पसहरुम...


