कावासाेती— पूर्वी नवलपरासीका दुई जना उत्तरी गोरखाको हिउँ पहिरोमा फसेका छन् । गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित लार्केपास जान हिँडेका कावासोती निवासी सौरभ खनाल र अनिता घले हिउँ पहिरोमा परी बेपत्ता भएका हुन् ।

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी पाएलगत्तै त्यहाँको प्रहरी टोलीलाई बुझ्न पठाएको जानकारी दिए । मेरो विद्यार्थी पनि छन् त्यहाँ । उनलाई र प्रहरीकै च्यानलबाट बुझ्न भनेको छु, तिवारीले भने, उनीहरु ट्रेकिङ गएको बेला हिउँ पहिरोमा परेको भन्ने खबर छ ।प्रहरी चौकीबाट १० घण्टा टाढा भएकाले त्यहाँ उद्धारमा कठिनाई भएको तिवारीले सुनाए ।

तपाईको प्रतिक्रिया