रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम सँगैअघि बढाउनु पर्छ : रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एक साथ अगाडि बढाउनु पर्ने बताउनु भएको छ । नेपाल कराते महासंघको सातौ राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बहुवर्षिय सहमतिसहित टेण्डर प्रकृया अगाडि बढाउने गरी पहल भईरहेको उल्लेख गर्नुभयो ।
रंगशाला बन्छ कि बन्दैन भन्ने विषय सबै जनता र खेलाडीले चिन्ता र चासोको साथ हरिरहेकाले महानगरपालिका प्रमुखको हैसियतले सक्दो पहल भईरहेको जानकारी...


