×

मध्य नेपाल

लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ

लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ । मंगलबारका लागि सुनुवाइको पेसी तोकिए भएपनि न्यायाधीश अनिल कुमार सिन्हाले मुद्दा हेर्न नमिल्ने भएपछि बुधवार १० बजेका लागि न्यायाधीश सिन्हारहितको इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चका न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा आफ्ना राय आइसकेकाले आफूरहितको इजलासमा निवेदन पेस गर्नुपर्ने जनाएका छन् । नेत...

दुई पालिकामा एउटै व्यक्ति प्रमुख प्रशासकीय अधिकृत !

दुई पालिकामा एउटै व्यक्ति प्रमुख प्रशासकीय अधिकृत !
काठमाडौँ । बझाङमा दुई वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी एकै व्यक्तिलाई दिइएको छ । एउटा प्रमुख प्रशासकीय अधिकृतले एउटा पालिका हेर्न हम्मे हम्मे परिरहेका बेला बझाङमा भने एकै व्यक्तिलाई दुई वटा पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो । बुङ्गल नगरपालिका र केदारस्युँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पदमराज उपाध्यायलाई दिइएको छ । करिब एक वर्षअघि केदारस्युँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा आएका उपाध्यायलाई सङ्घीय मामिला...

बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय

बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ ।आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले उपचुनाव हुने तीन वटै क्षेत्रमा गठबन्धनको साझा उम्मेदवारी बनाउने गरी बारा २ मा यादवलाई समर्थन गर्ने निर्णय गरेको हो । कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।

भरतपुरका विभिन्न स्थानमा शनिबार दिनभर विद्युत अवरुद्ध हुने

भरतपुरका विभिन्न स्थानमा शनिबार दिनभर विद्युत अवरुद्ध हुने
चितवन–विद्युत पोल स्थानान्तरण कार्यका लागि भरतपुरमा शनिबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ । शनिबार विहान ७ बजेदेखि ४ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै केन्द्रले आँपटारीदेखि बसपार्क क्षेत्रमा पोल स्थानान्तरण गर्नुपर्ने भएकाले दिनभर विद्युत अवरुद्ध हुन लागेको जनाएको हो । केन्द्रका इन्जिनियर राजेन्द्र प्रसाद पाैडेलका अनुसार  गणेशस्थान, न्यू फिडर, आद्योगिक २, औद्योगिक १, हस्पिटल, भरतपुर १ र...

चितवन २ मा एमालेबाट अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार 

चितवन २ मा एमालेबाट अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार 
चितवन–आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं.२ मा नेकपा (एमाले) बाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने पक्का भएको छ । एमाले क्षेत्रीय कमिटीले न्यौपानेको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । जिल्ला कमिटीको आज बसेको बैठकले पनि सर्वसम्मत रुपमा न्यौपानेको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला उप–सचिव प्रकाश ढुंगानाले जानकारी दिए । यसअघि यस क्षेत्रबाट न्यौपानेसंगै पोल्ट्री विज्ञ डा।तिलचन्द्र भट्टराई, कालिका नगरपालिका पूर्व मेयर गोपी श्रेष...

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
जनकपुरधाम । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्री रामको जन्मदिनको अवसरमा आज श्रद्धापूर्वक ‘रामनवमी’ मनाइँदै छ ।त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । सोही सम्झनामा आजको दिन ‘रामनवमी’ मनाइन्छ । जनकपुरधाम भगवानको रामको ससुराली भएकोले यहाँ रामनवमी धूमधामसँग मनाउने गरिएको छ । त्रेतायुगमा भगवान् राम र माता सितासँग जनकपुरधाममै विवाह भएको थियो ।राम नवमीको अवसरमा मधेश प्रदेशमा आज स...

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी

लुम्बिनी सरकारबाट बाहिरियो माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए । लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए

चितवनमा “हेप्पी न्यू इयर म्यूजिकल नाईट” हुने

चितवनमा “हेप्पी न्यू इयर म्यूजिकल नाईट” हुने
चितवन । नयाँवर्षको अवसर पारेर चितवनमा हेप्पी न्यू इयर म्यूजिकल नाईट २०८० को आयोजना गरिने भएको छ । स्नेहा आश्रमको सहयोगार्थ भरतपुर महानगरपालिका वडा नं. १६ शरणपुरमा म्यूजिकल नाईट आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक अनिश जोशीले जानकारी दिनुभयो । नववर्षको दिन बैशाख १ गते अपरान्ह ५ वजे शरणपुर झनझनेमा रहेको सेतीदेवी राइनो रिसोर्टमा हुने म्यूजिकल नाईटमा चर्चित कलाकारहरुले सांगितिक प्रस्तुती दिने जोशीले बताउनुभयो । कार्यक्रममा मिलन नेवार (वीथ ब्याण्ड), गायिका विन्दु परियार, ...

गैँडाकोट २ को मनकामना आमा समूहमा अर्यालको नेतृत्व

गैँडाकोट २ को मनकामना आमा समूहमा अर्यालको नेतृत्व
गैँडाकोट । मनकामना आमा समूह गैँडाकोट २ को अध्यक्षमा विष्णु अर्याल चयन हुनुुभएको छ ।शनिबार सम्पन्न भएको आठौँ साधारणसभा तथा चौथो अधिवेशनले अर्यालयको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समूहको उपाध्यक्षमा विमला प्याकुरेल, सचिवमा संगिता केसी , कोषाध्यक्षमा खुमकुमारी थापा र सहसचिवमा दुुर्गा सुवेदी चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा मन्जु क्षेत्री, इन्दिरा कंडेल, केशवा गौतम, हिमादेवी गौतम, भगवती सुवेदी, शारदा आचार्य, देवी भट्टराई र दिलकुमारी थापा चय...