माडी । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले चितवनको माडीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । माडी नगरपालिका वडा नं. ३ स्थित बसन्तपुर बजारमा ईमेजले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको हो । कार्यालयको आज एक समारोहका विच माडी नगरपालिका वडा नं. ३ का अध्यक्ष पुरन महतोले उद्घाटन गर्नुभयो ।
ईमेज इन्स्टिच्यूटका प्रबन्ध निर्देशक मोहन बुढाथोकीको अध्यक्षता तथा माडी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुरन महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. ३का सदस्य सुकदेव लामिछाने, माडी मावि व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ ओझा, माडी क्याम्पसका स्ववियु सभापति राकेश चौधरी, स्वदेश एफ एमका निर्देशक देव अञ्जान शाह, इमेजका निर्देशक सुजिना बुढाथोकी, म्यानेजर कपिल बुढाथोकी, चनौली शाखाका प्रमुख केशव सापकोटा, गोरखा शाखा प्रमुख आशिका रसाईली, बजार प्रमुख अच्युत खत्री, जनकल्याण माविका शिक्षक विमल केसी, इमेज परिवारका रविना महतो, अनुपा महतो, लगायत अतिथिको रुपमा रहनुभएको थियो ।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माडी वडा नं. ३ का अध्यक्ष पुरन महतोले माडीका विद्यार्थीहरुका लागि लक्षित गर्दै इमेजले माडीमा आएर सेवा दिन थालेको भन्दै खुसी व्यक्त गर्नुभयो । जापानिज भाषा कक्षा सीकाईका लागि माडीका विद्यार्थीहरु भरतपुर जानपर्ने बाध्यता इमेजले अन्तय गरेको भन्दै उहाँले यसबाट विद्यार्थीहरुको ठुलो खर्च समेत जोगिने बताउनुभयो । जापानिज भाषा पढ्न भरतपुर पुगेर कोठाभाडामा लिएर बस्नुपर्ने तथा डकुमेन्टेशनका क्रममा कागजात विग्रदा भरतपुर र माडी गरिरहनुपर्ने झन्झट हट्ने उहाँको भनाई थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै माडी क्याम्पसका स्ववियु सभापति राकेश चौधरीले भाषाकक्ष पढेर जापान जाने विद्यार्थीहरुले स्वदेशमै आएर त्यहाँको सीपलाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी स्वदेश एफएमका निर्देशक देवअञ्जान शाहले नेपाली विद्यार्थीहरु देशको अवस्थाले गर्दा बाहिर जानुपर्ने बाध्यता रहेको भन्दै इमेजले सत्यतथ्य सेवा दिन सकोस भन्दै शुभकामना दिनुभयो ।
सहभागी अतिथिहरुलाई स्वागत गर्दै इमेजको माडी सम्पर्क कार्यालयका प्रमुख नविन वस्यालले सबैको साथ र सहयोग लिएर उचित परामर्श दिदै इमजेले माडीमा यात्रा सुरु गरेको बताउनुभयो । सो अवसरमा भर्खरै निर्वाचित भएका माडी क्याम्पसका स्ववियु सभाति राकेश चौधरीलाई दोसल्ला ओडाएर सम्मान गरिनुका साथै प्रमुख अतिथि र अतिथिहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो ।
विगत १८ वर्षदेखि निरन्तर सञ्चालित चितवनको पुरानो तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउदै आएको इमेज सत्यतथ्य परामर्श तथा दक्ष भाषा प्रशिक्षक र अनुभवि परामर्शदाताका कारण विद्यार्थीहरुमाझ लोकप्रिय बन्न सफल भएको छ ।चितवनको नारायणगढ स्थित शहिदचोकमा मुख्य कार्यालय रहेको इमेजका चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा शाखा कार्यालयहरु रुहेका छन् ।
इमेजकाे माडीमा शुक्रबार विहान आयाेजित सम्पर्क कार्यालय उद्घाटनका केहि तस्विरहरु :



उज्यालो खबर