×

मध्य नेपाल

चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति

चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने सहमति
चितवन । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन्

बालुवाटारमा गोली चल्यो, वर्षमान पुनकी आमा घाइते

बालुवाटारमा गोली चल्यो, वर्षमान पुनकी आमा घाइते
काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनका दाइको घरमा गोली चलेको छ ।निजी सुरक्षामा खटिने टोलीका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले  बताएकाे छ । उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ । गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।नेता पुन भने उपचारका लागि चीनमा छन् ।

सवारी लाइसेन्सको काम तीन दिनदेखि ठप्प, पटकपटक सेवाग्राही समस्यामा

सवारी लाइसेन्सको काम तीन दिनदेखि ठप्प, पटकपटक सेवाग्राही समस्यामा
काठमाडौं–सरकारको बेवास्ताका कारण सवारीचालक अनुमतिपत्रपत्र ९लाइसेन्स०को काम तीन दिनदेखि प्रभावित बनेको छ । लाइसेन्सका लागि प्रयोग गरिने प्रणाली मा आएको समस्याका कारण तीन दिनदेखि नयाँ लाइसेन्स लिने र नवीकरणको काम ठप्प बन्न पुगेको हो । पटकपटक देखिने यस्तो समस्याका कारण सेवाग्राही समस्या पर्दै आएका छन् । यसपटक पनि सेवाग्राही यातायात कार्यालयमा पुगेर फर्कन बाध्य हुनुपरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री फेरिनेबित्तिकै मन्त्रीको चासो यातायात व्यवस्था विभागका कर्मचारी सरुव...

बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ।गए राति पाटन नगरपालिका वडा नम्बर ८ मा पर्ने झौलेकस्थित सडकको घुम्तीबाट जिप खसेको थियो।पाटन नगरपालिका ८ का अध्यक्ष हरिश बिष्टले जिप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको  बताए। ‘दुर्घटनामा परेर ६ जनाको मृत्यु भयो। मृतकहरू सबै एकै गाउँको रहेको पाइएको छ,’ उनले भने, ‘चार जनाले हामफालेर ज्यान जोगाएका छन्, उनीहरूको अवस्था सामान्य छ।’प्रहरीका अनुसार से १ ज ७६४ नम्बरको जिप दुर्घटनामा परेको हो। यो जिप झुलाघाटबाट बझाङस...

सिन्धुलीमा कार दुर्घटना, ४ जनाको मृत्यु

सिन्धुलीमा कार दुर्घटना, ४ जनाको मृत्यु
काठमाडौं । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । मंगलबार राति साढे १२ बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार दुर्घटना भएको र चार जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए । उनका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् । उनलाई उपचारका ...

अरोमा कलेज भरतपुर बन्यो ‘एक्सपर्ट क्वीज च्याम्पियन’, उपाधिसंगै जित्यो ५० हजार

अरोमा कलेज भरतपुर बन्यो ‘एक्सपर्ट क्वीज च्याम्पियन’, उपाधिसंगै जित्यो ५० हजार
चितवन–चितवनकै सर्वाधिक धनराशीको पहिलो संस्करणको ‘एक्सपर्ट क्वीज च्याम्पियन–२०२३’ को उपाधि भरतपुरको अरोमा कलेजले जितेको छ ।आज (आइतबार) भएको फाइनल प्रतिस्पर्धामा चार वटा कलेजलाई पछि पार्दै अरोमा कलेजले उपाधि जितेको हो । अरोमाले उपाधिसंगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र र अन्य विभिन्न उपहारहरु प्राप्त ग¥यो । अरोमाबाट रोशन भण्डारी र जेनिश सुवेदी प्रतिस्पर्धा गरेका थिए । निकै प्रतिस्पर्धात्मक बनेको कार्यक्रममा अरोमाले कुल १५५ अंक ल्याउन सफल भएको थियो । यस्तै भरतपुर...

इमेज इन्स्टिच्यूटद्धारा चितवनको माडीमा सेवा शुभारम्भ

इमेज इन्स्टिच्यूटद्धारा चितवनको माडीमा सेवा शुभारम्भ
माडी । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले चितवनको माडीमा सम्पर्क कार्यालय स्थापना गरेको छ । माडी नगरपालिका वडा नं. ३ स्थित बसन्तपुर बजारमा ईमेजले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको हो । कार्यालयको आज एक समारोहका विच माडी नगरपालिका वडा नं. ३ का अध्यक्ष पुरन महतोले उद्घाटन गर्नुभयो । ईमेज इन्स्टिच्यूटका प्रबन्ध निर्देशक मोहन बुढाथोकीको अध्यक्षता तथा माडी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुरन महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. ३का स...

गैँडाकोट १० नगरस्तरीय मेयरकप फुटवलकाे फाइनलमा प्रवेश

गैँडाकोट १० नगरस्तरीय मेयरकप फुटवलकाे फाइनलमा प्रवेश
गैँडाकोट ।गैँडाकोट दोस्रो नगरस्तरीय मेयरकप फुटवलको आज सम्पन्न पहिलो खेलमा गैँडाकोट १० विजयी भएको छ । विजयी भएसंगै गैँडाकोट १० फाइनलमा प्रवेश गरेको छ । गैँडाकोट ११ लाई शुन्यका विरुद्ध २ गोल गर्दै गैँडाकोट १० विजयी भएको हो ।त्यसैगरी आजै दिउसो हुने अर्को खेलमा गैँडाकोट वडा नं. ४ र गैँडाकोट वडा नं.१४ विच प्रतिष्पर्धा हुने गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो। “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ जारी नगरस्तरीय मेयरकप...

सौराहामा हात्तीको सूँड काटियो ,प्रहरीद्धारा अनुसन्धान सुरु

सौराहामा हात्तीको सूँड काटियो ,प्रहरीद्धारा अनुसन्धान सुरु
चितवन । चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो । सौराहाका पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सूँड काटिएको हो । ‘काटिएको सूँडको भाग जोड्न नमिल्ने अवस्थामा छ’ खतिवडाले भने, ‘यस्तो आपराधिक काम गरेर निर्दोष जनावरलाई दुःख दिने कस्ता मान्छे होलान् ?’ हात्तीले मुख्य रुपमा खानाका लाग...