×

मध्य नेपाल

एमाले सचिव रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

एमाले सचिव रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् ।उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक क...

आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज विश्व प्रेस स्वतन्त्रता दिवस
काठमाडौं–आज विश्व प्रेस स्वतन्त्रता दिवस। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि ‘विण्डहक घोषणापत्र’ जारी भएको दिनको सम्झनामा मे ३ तारिखमा प्रेस स्वतन्त्रता दिवस मनाइन्छ । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी मुलुक नामिबियाको विण्डहक सहरमा पत्रकारको सम्मेलनले घोषणापत्र जारी गरेको थियो । त्यसैको सम्झनामा संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विभिन्न कार्यक्रम गरी प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ। दिवसको अवसरमा पत्रकारले...

मिटरब्याज समस्या सम्बोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

मिटरब्याज समस्या सम्बोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय
काठमाडौं । सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ।मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले आज नै राष्ट्रपति समक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजीसँग सम...

पाँचथरमा चट्याङ लागेर एकै गोठका ५४ भेडा मरे

पाँचथरमा चट्याङ लागेर एकै गोठका ५४ भेडा मरे
पाँचथर । पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् ।जिल्लाको फालेलुङ गाउँपालिका-३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो । चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मरेका अधिकांश माउ भेडा छन् । चट्याङले लागेर भेडाको रेखदेख गर्दै आ...

बँदेलको मासु मनपर्छ ? जानुहोस ढोरपाटन सिकार आरक्षमा

बँदेलको मासु मनपर्छ ? जानुहोस ढोरपाटन सिकार आरक्षमा
बलेवा । ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका किसान बँदेलले बालीमा क्षति पुर्‍याउँदा हैरान छन् । बारीमा लगाएको आलु, फापर र तरकारीमात्रै होइन घरमा रहेका स–साना बालबालिका र वृद्धवृद्धा बँदेलको आक्रमणमा पर्लान् भन्ने त्रास छ । सिकार आरक्षमा बँदेलको सङ्ख्या बढ्दो छ । वैधानिकरूपमा अनुमति लिएर बँदेलको सिकार गर्न पाइन्छ । तर पछिल्लो पाँच वर्षमा बँदेलको सिकार हुनसकेको छैन । आरक्षमा बँदेल सिकारीको रोजाइमा बँदेल परेन । नाउर, झारल, बँदेल, रतुवा र मृगको सिकार हुँदै आएको ढोरपाटनमा आर्थिक...

अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ : गगन थापा

अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ :  गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले अयोग्य लडाकुलाई पैसा बाँड्ने सरकारको निर्णय गलत भएको बताएका छन्।बिहीबार ट्विट गर्दै थापाले सरकारको उक्त निर्णय गलत भएको भन्दै रोक्नुपर्ने माग गरेका हुन्।‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठूलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ’, उनले भनेका छन्। यस्तै, उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधीन रहेको भन्दै सरकारलाई रकम बाँड्न होइन पीडितमैत्री कानून बनाई संक्...

३ किलोमिटर लामो लुम्बिनी केबलकार जेठबाट सञ्चालनमा आउने

३ किलोमिटर लामो लुम्बिनी केबलकार जेठबाट सञ्चालनमा आउने
रुपन्देही । व्यावसायिक घराना आईएमई ग्रुपको अगुवाइमा बुटवलदेखि पाल्पासम्म ३ किलोमिटर लामो लुम्बिनी केबलकार आउँदो जेठको पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ।लुम्बिनी केबलकार प्रालिले यसअघि वैशाखमा केबलकार सञ्चालन गर्ने भने पनि प्राविधिक कार्य सम्पन्न नभएकाले जेठको पहिलो सातादेखि सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको बताएको छ । आयोजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ छ ।बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकार २०७७ फागुन १ गते पूर्वप्रधानमन्त्री केपी ...

भरतपुरका २ सहित ९ कम्पनीलाई सरकारले सोध्यो- कालो सूचीमा किन नराख्ने ?

भरतपुरका २ सहित ९ कम्पनीलाई सरकारले सोध्यो- कालो सूचीमा किन नराख्ने ?
काठमाडौं । सरकारले थप ९ निर्माण व्यवसाय र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । समयमा काम नगरेपछि कालो सूचीमा राख्न सिफारिस भएका कम्पनीले ३० दिनसम्म पनि लिखित स्पष्टीकरण नदिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको हो । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यी कम्पनीहरूलाई पुन: ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको छ । तोकिएको समयमा स्पष्टीकरण नआए कम्पनी कालो सूचीमा परप्ने छन् ।

बारा–२ मा रास्वपाका रमेश खरेलको जमानत जफत

बारा–२ मा रास्वपाका रमेश खरेलको जमानत जफत
काठमाडौं–प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ। बुधबार बिहान आएको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेलवार खरेलले २ हजार ८ सय २९ मत मात्र पाए । बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। रास्वपाका उम्मेदवार खरेलले जम्मा मतको ४।१४ प्रतिशत मात्र पाएपछि जमानत जफत भएको हो। तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले र चितवन २ मा रवि लामिछाने ...