×

मध्य नेपाल

ठमेलमा बाराही ग्रुपको नयाँ होटल: ‘बाराही काठमाडौ’ सञ्चालनमा, करिब डेढ अर्ब लगानी

ठमेलमा बाराही ग्रुपको नयाँ होटल: ‘बाराही काठमाडौ’ सञ्चालनमा, करिब डेढ अर्ब लगानी
काठमाडौँ ।बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल बाराही काठमाडौ जेठ ७ गते (आइबार) देखि सञ्चालनमा आएको छ । फोर स्टार स्ट्यान्डर्ड होटलमा आठ वटा सुइट र ७२ वटा डिलक्स रुम गरि ८० वटा रुम रहेका छन् । डिलक्स रुमको अफर शुल्क सय डलर रहेको बाराही हस्पिटालिटीका कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले बताए । होटलमा कफी सप, रेष्टुरेण्ट, बार, प्राइभेट डाइनिङ हल रहेका छन् । लाउन्ज र थिएटर सेटअपमा १२० जना अट्ने सभा हल केही हप्तामा तयार हुँदैछ । केशरमहलको अगाडि चोकैमा रहेक...

भरतपुरकाे अर्किड स्कुलमा पदस्थापना कार्यक्रम सम्पन्न

भरतपुरकाे अर्किड स्कुलमा पदस्थापना कार्यक्रम सम्पन्न
चितवन।अर्किड स्कुल भरतपुरले शैक्षिक वर्ष २०८० को लागि विद्यालयको विभिन्न क्लब सदन र अतिरिक्त कृयाकलापको बाल समूहको गठन संगै नयाँ नेतृत्वलाई पदस्थापना र पदभार ग्रहण कार्यक्रम एक समारोहबीच सम्पन्न भएकाे छ । साे अवसरमा नवगठित बालक्लव, सदन प्रमुख, विद्यालय कप्तान छात्र, छात्रालाई विद्यालयका कार्यकारी निर्देशक आकाश पौडेलले ब्याज प्रदान सहित शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालय अतिरिक्त कृयाकलाप प्रमुख प्रतीक्षा श्रेष्ठले विद्यालयले २०७५ सालदेखि नै परियोजना कार्य अन्तर...

टोपबहादुर रायमाझी पक्राउ

टोपबहादुर रायमाझी पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । तर त्यसपछि उनी फरार थिए ।

नारायणगढमा ‘चित्तौन कचेहेरी’ सुरु

नारायणगढमा ‘चित्तौन कचेहेरी’ सुरु
चितवन । चितवनको नारायणघाटमा फरक विचारको उत्सवको रूपमा 'चित्तौन कचेहेरी’ सुरु भएको छ । विभिन्न ६ वटा संस्थाहरूको आयोजनामा नारायणगढको नारायणी कला मन्दिरमा शुक्रवार(आज) बिहानबाट सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको आयोजकमा मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मन्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिर रहेका छन् । चितवनको पहिचानसंगै देशको समस्या र सम्भावनाको खोजि गर्नका लागि कार्यक्रमको आयोजना गरिएको चित्तौने कचेहेरीका सहनिर्देशक डा.जिव...

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।प्रहरी उच्च स्रोतले  भन्यो, ‘मैजुबहालको निवासबाट उहाँलाई प्रहरी परिसरमा ल्याएका छौं ।’ काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय लिने बताए ।यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेक...

भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो

भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो
काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ ।उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको हो । भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९:४० बजेमात्रै काठमाडौंतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको स्रोतले बतायो । यात्रुहरू जहाजभित्रै छन् । चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । तर, ...

आज २५६७औं बुद्ध जयन्ती मनाइँदै

आज २५६७औं बुद्ध जयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण  वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बु...

नेपाल कृष्णमूर्ति ज्योतिष परिषद्को अध्यक्षमा भण्डारी 

नेपाल कृष्णमूर्ति ज्योतिष परिषद्को अध्यक्षमा भण्डारी 
हरि सुबेदी काठमाडौँ । नेपाल कृष्णमूर्ति ज्योतिष परिषद्को अध्यक्षमा लक्ष्मण भण्डारी चयन हुनुभएको छ। परिषद्को केन्द्रीय भेलाले भण्डारीको नेतृत्वमा कार्यसमिति गठन गरेको हो।गुह्येश्वरी मावि सिनामंगल काठमाडौंमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा देवि प्रसाद सुवेदी, सचिवमा अमर आले मगर, कोषाध्यक्षमा यमराज सुवेदी, सदस्यहरुमा सुजल गिरी, दिपन प्रसाद भण्डारी, सुनिता ज्ञवाली, गीता पौडेल र कुल प्रसाद भण्डारीलाई चयन गरेको छ। कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक भक्त बहादुर बञ...

नवनियुक्त मन्त्रीहरूको शपथ आज

नवनियुक्त मन्त्रीहरूको शपथ आज
काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण विहीबार (आज) हुँदैछ । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि कानुन मन्त्रालयको जिम्मेव...