रेशम चौधरीको मुद्दामा आज सुनवाइ हुँदै
काठमाडौँ । पूर्वसांसद रेशम चौधरीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।टीकापुर हत्याकाण्डका दोषी ठहर भई सजाय काटिरहेका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि शारदा बोहरा कडायतले आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएकी थिइन् ।आइतबार दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न आजका लागि अदालतले पेसी तोकिएको हो । शारदा सो घटना परी मारिएका प्रहरी निरीक्षक केशव बोहराका पत्नी हुन् ।
हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसला...


