चितवनमा भ्यागुताको बिहे गरी पानी मागियो
चितवन । भरतपुर–९ स्थित काँडाघारी टोलविकास संस्थामा सञ्चालित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले शनिबार रुद्री पूजासहित भ्याकुताको बिहे गराइदिएर पानी मागेको छ ।
विगत केही सातादेखि पानी पर्न नसकेका कारण मौसममा आएको अत्यधिक तापक्रमले आक्रान्त जनताको शीतलताको कामना गर्दै त्यस टोलका संस्थापक अध्यक्ष बालकृष्ण पौडेल, अध्यक्ष फणिन्द्र भट्टराई, पूर्व अध्यक्ष गोविन्द पौडेल, टोलका तथा उपसमिति सहसंयोजक कृष्णप्रसाद शर्मा पौडेललगायत ज्येष्ठ नागरिक अगुवाहरुको पहलमा रुद्री पूजासहित सोही अ...


