×

गैंडाकोट  । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको ८ औं स्थापना दिवसका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला २९ पुरुष सहित कुल ३१ युनिट रगत संकलन भएको गण्डकी प्रदेश अध्यक्ष एवं कार्यक्रमका संयोजक अमृत भट्टचनले बताए ।

अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा कठिनाई भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव नहुन मद्दत पुगोस भनी रक्तदान कार्यक्रमको आयोजना गरेको मा गैंडाकोट नगरका नगर प्रमुख मदन भक्त अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश लाई धन्यवाद दिदै आफ्नो मन्तव्य राखेका थिए ।

संघको स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित भोलि सनिवार देवचुलीमा स्वास्थ्य सिविर समेत रहेकोे जिल्ला संघका महासचिव छवि कंडेलले जानकारी दिए । कार्यक्रम नेपाल उद्योग वाणिज्य संघ नवलपुरको सहजीकरणमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया