चितवन।अर्किड स्कुल भरतपुरले शैक्षिक वर्ष २०८० को लागि विद्यालयको विभिन्न क्लब सदन र अतिरिक्त कृयाकलापको बाल समूहको गठन संगै नयाँ नेतृत्वलाई पदस्थापना र पदभार ग्रहण कार्यक्रम एक समारोहबीच सम्पन्न भएकाे छ । साे अवसरमा नवगठित बालक्लव, सदन प्रमुख, विद्यालय कप्तान छात्र, छात्रालाई विद्यालयका कार्यकारी निर्देशक आकाश पौडेलले ब्याज प्रदान सहित शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालय अतिरिक्त कृयाकलाप प्रमुख प्रतीक्षा श्रेष्ठले विद्यालयले २०७५ सालदेखि नै परियोजना कार्य अन्तर्गत सिक्दै पढ्ने शैलीमा निर्वाचनद्वारा नेतृत्व छनौट गर्दै राजनीतिक सामाजिकिकरणको अभ्यास गर्दै आएको बताउँदै आगामी दिनमा शैक्षिक ज्ञानलाई अभ्यासद्वारा अझ परिष्कृत बनाउने जानकारी दिनुभयो।

अर्थ, मर्करी, भेनस र मार्स गरी विद्यालयमा ४ सदन प्रमुख उप प्रमुख र विद्यालय कप्तान छात्र(छात्राको चुनाव वैशाख २९ गते सम्पन्न भएको थियो। जसमा छात्रातर्फविश्वा स जोशी र छात्रातर्फ क्न्जिल खरेल विद्यालय कप्तानमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया