×

काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ।गए राति पाटन नगरपालिका वडा नम्बर ८ मा पर्ने झौलेकस्थित सडकको घुम्तीबाट जिप खसेको थियो।पाटन नगरपालिका ८ का अध्यक्ष हरिश बिष्टले जिप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको  बताए।

‘दुर्घटनामा परेर ६ जनाको मृत्यु भयो। मृतकहरू सबै एकै गाउँको रहेको पाइएको छ,’ उनले भने, ‘चार जनाले हामफालेर ज्यान जोगाएका छन्, उनीहरूको अवस्था सामान्य छ।’प्रहरीका अनुसार से १ ज ७६४ नम्बरको जिप दुर्घटनामा परेको हो। यो जिप झुलाघाटबाट बझाङस्थित बाग्थला जाने क्रममा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेर नरे बोहरा, गोरख बोहरा, मने बोहरा, वीरे धामी, बिर्ख धामी र मानबहादुर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू बझाङस्थित केदारस्युँ गाउँपालिका वडा नम्बर ५ बाँझ भन्ने गाउँका भएको खुलेको छ।जिपका चालक अर्जुन बोहरा सम्पर्कविहीन भएकोले खोजी कार्य जारी रहेको बैतडी प्रहरीको भनाइ छ।

 

तपाईको प्रतिक्रिया