×

धनुषा । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–००१ ख ९२९२ नम्बरको ट्रक एक आपसमा शनिबार बिहान ठोकिएको हो ।

दुर्घटनामा ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनर्वा बस्ने २८ वर्षीय सागर चौधरी, सोही ट्रकका सह–चालक सुनसरी भरौलका ३० वर्षीय अर्जुन चौधरी र प्र १–०२–००१ ख ९२९२ नम्बरको ट्रकका सहचालक मोरङ बेलवारी नगरपालिका ८ का ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार प्र १–०२–००१ ख ९२९२ नम्बरको ट्रकका चालक जिल्ला सर्लाही बागमती नगरपालिका–११ का २० वर्षीय नारायण श्रेष्ठ गम्भीर घाइते भका छन् ।दुबै ट्रकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया