×

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एक साथ अगाडि बढाउनु पर्ने बताउनु भएको छ । नेपाल कराते महासंघको सातौ राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बहुवर्षिय सहमतिसहित टेण्डर प्रकृया अगाडि बढाउने गरी पहल भईरहेको उल्लेख गर्नुभयो ।

रंगशाला बन्छ कि बन्दैन भन्ने विषय सबै जनता र खेलाडीले चिन्ता र चासोको साथ हरिरहेकाले महानगरपालिका प्रमुखको हैसियतले सक्दो पहल भईरहेको जानकारी दिनुभयो ।ूमैले सामाजिक सञ्जालमा केही दिनमा सुखद समाचार सुन्न पाउछौ भनेको थिएूउहाँले भन्नुभयोू निरन्तर पहल भएकै छ । केही दिनभित्र सुखद समाचार सुन्न पाउनेमा आशावादी छु । ऋणको निकास हुनेसाथ रंगशाला निर्माण अघि बढाउन समस्या छैन।

महानगरपालिका प्रमुख दाहालले ऋणकै कारण संघ र प्रदेशबाट विनियोजन भएको २२ र ५ करोड रुपैयाँ फ्रिज हुने अवस्था आएको उल्लेख गर्नु भयो ।गौतम बुद्ध क्रिकेट रंगशाला क्रिकेट खेल्न मात्र नभई बहुउद्देश्यीय रंगशाला भएकाले त्यहाँ इन डोर र आउट डोर दुवै खेल खेल्न सकिने भएकाले सबै विधाका खेल खेल्न सकिने प्रमुख दाहालले बताउनुभयो।

भरतपुर महानगरपालिका नेपालका ७५३ पालिका मध्ये खेलकुद गतिविधि गर्ने र पूर्वाधार निर्माण गरेर उत्कृष्ट भई प्रधानमन्त्रीबाट पुरस्कृत भएको उल्लेख गर्नुभयो ।भरतपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद हुनका साथै सबै विधाको खेल गतिविधि हुँदै आएकाले खेलकुदको हब बन्नेतर्फ उन्मुख भएको उहाँको भनाई थियो ।

महानगरपालिका प्रमुख दाहालले अब छिट्टै भरतपुरमा साईकलिङ प्रतियोगिता र लगत्तै वागमती प्रदेश र भरतपुर महानगरपालिकाको सहकार्यमा क्रिकेट प्रतियोगिता हुन लागेको जानकारी दिनुभयो ।भरतपुर–२२ को पहिटानीमा शनिबारदेखि सुरु भएको अधिवेशको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यबाट उद्घाटन गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रको विकासको लागि नेपाल सरकार सधै सकारात्मक रहेको उल्लेख गर्नुभयो । नयाँ नेतृत्व चयन गर्दै ७ औ अधिवेशन समापन हुनेछ ।

तपाईको प्रतिक्रिया