राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु
काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार फागुन २५ गते हुने निर्वाचनका सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको हो ।
मौन अवधिमा राष्ट्रपति निर्वाचनका लागि प्रचारप्रसार लगायतका कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको आयोगले जनाएको छ ।
आयोगले राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता जारी गरेको थियो । उक्त आचारसंहिता २०७९ भदौ १...


