तनहुँ ।  सहृदयी मन्च तनहुँ नेपालको आयोजना तथा सामाजिक विकास तथा स्वास्थ मन्त्रालय गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुको लागि वास्नादार बटारे धूप बनाउने तालिम संचालन भएको छ ।

फागुन २५ गतेदेखि २८ गतेसम्म सन्चालन हुने तालिमको उदघाटन सामाजिक विकास कार्यालय तनहुँका कार्यालय प्रमुख विक्रम सुवेदीले गर्नु भएको थियो । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणका लागि आगामी दिनमा सामाजिक विकास कार्यालयले सीपमूलक तालिमको लागि पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा अपांगता अधिकारकर्मी मदन पौडेल, व्यास नगर पालिका वडा नं।३ का वडा सदस्य श्रीमाया वि।क।, महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख राधा आचार्य, मस्तिष्क पक्षघात स्वाबलम्बन समूह तनहुँ कार्यक्रमका संयोजक विष्णु प्रसाद गौतम, तनहुँ बहिरा संघका अध्यक्ष राजन रानाभाट, अपांगता महिला सशक्तिकरण समाज तनहुँका सचिव सीता देवी कुँवर, तनहुँ नेत्रहीन सघका कोषाध्यक्ष तारा कुमारी पोख्रेल, रिसेडका सदस्य किशोर न्यौपाने र बन्दिपूर अपांगता समन्वय समितिका सदस्य एवम् सहृदयी मन्च तनहुँ नेपालका सल्लाहकार कृष्ण बहादुर थापाले अपांगता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणमा तालिम टेवा पुग्ने बताउनु भयो । उक्त तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता सहृदयी मन्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदीले गर्नु भएको थियो भने स्वागत सहृदयी मन्च तनहुँ नेपालका सदस्य विराजमान कुमाल र सञ्चालन सचिव कृष्ण थापाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया