गैँडाकोट। नवलपुरमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं. १० पृथ्वीनगर बस्ने ५८ बर्षकी दरीमाया थापाको गैँडाको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दिउसो साढे १ वजे घर नजिकै रहेको महाराजा सामूदायिक बनमा घाँस काट्न गएकी उनलाई जंगलबाट फर्कने क्रममा गैँडाले आक्रमण गरि गम्भिर घाइते बनाएको थियो ।

प्रहरी कार्यालयका डिएसपी सन्तोष पाठकले उपचारको लागि भरतपुर अस्पताल लागिएकोमा अपरान्ह साढे ४ वजे उनको मृत्यु भएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया