गण्डकी प्रदेश महोत्सव – आज १५ हजार दर्शकद्वारा अवलोकन
गैँडाकोट- दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवको आज मंगलबार १५ हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सव मूल संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले आज दोस्रो दिन टिकट काटेर १५ हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेका जानकारी दिनुभयो ।
आज एकादशी परेको र स्थानीय बिदा समेत भएको हुँदा दर्शकहरुको राम्रो उपस्थिति रहेको भन्दै उहाँले आगामी दिनमा दर्शकको संख्या अझै बढ्ने आफूहरुले विश्वास लिएको बताउनुभयो । दोस्रो दिनमै दर्शकको...


