काठमाडौं । सामेबार राति १२ बजेबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य अनिवार्य अवकाशमा जाने भएकी छिन् ।प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी आज रातिबाट अनिवार्य अवकाशमा जाने भएकी हुन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत बज्रचार्य अवकाशमा जाने भएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या २ पुगेको छ ।
यसअघि ११ पुसमा अर्का एआईजी भरतबहादुर बोहरा अनिवार्य अवकाशमा गएका थिए । बोहरा ४ पुसमात्रै एआईजीमा बढुवा भएका थिए । बोहरा र बज्राचार्य अवकाशमा गएसँगै रिक्त दुई एआईजीको दरबन्दीका लागि डीआईजीहरुबीच प्रतिस्पर्धा हुने भएको छ ।
एआईजी बढुवाका लागि डीआईजी कुवेर कडायत, चन्द्रकुवेर खापुङ, रवीन्द्र केसी, जनक भट्टराई बढुवाको दाबेदार छन् ।विद्यमान प्रहरी नियमावलीअनुसार बढुवा दाबेदारहरु मध्ये कडायत, केसी, भट्टराई आउँदो ५ चैतमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । खापुङ भने २०८२ कात्तिक अवकाश हुनेछन् ।



उज्यालो खबर




