×

गैँडाकोट- पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट आयुर्वेद औषधालयबाट यो आर्थिक वर्ष ८१/८२ को मंसिर मसान्तसम्म ४ हजार जनाले सेवा लिएका छन् ।
गैँडाकोट नगरपालिका वडा नं. ८ मा रहेको गैँडाकोट आयुर्वेद औषधालयबाट आर्थिक वर्ष ८१ /८२ को मंसिर मसान्सम्म चारहजार जनाले सेवा लिएका हुन् । सेवा लिनेमा महिलाहरु ब्बढी छन् । २०५५ सालमा स्थापना भएको औषधालयमा पछिल्लो समय सेवा लिनेहरुको संख्या बढ्दै गएको गैँडाकोट आयुर्वेद औषधालयका प्रमुख वरिष्ठ कविराज निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

औषधालयले विभिन्न ३० प्रकारका औषधीहरु निशुल्क रुपमा उपलव्ध गराउदै आएको उहाँले बताउनुभयो । बाथ,ग्यास्ट्रिक,रुघाखोकी,पिनास, पायल्स सहित पेटसम्वन्धी समस्याहरु लिएर विरामीहरु औषधालय पुग्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया