गैँडाकोट- गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको ज्यान गएको छ । चितवनको रत्ननगर नगरपालिका वडा नं. १६ जयमंगलामा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।स्थानीय जंगलबाट गैँडा बस्तीमा प्रवेश गरेपछि घटना भएको हो ।
मृत्यु हुनेमा रत्ननगर १६ बस्ने ७० बर्षीया कृष्णाकुमारी थापा रहेकी छिन् । दिउसो पौने २ वजे गैँडाको आक्रमणबाट गम्भिर घाइते भएकी थापाको उपचारका क्रममा दिउसो सवा २ वजे भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
गैँडाको आक्रमणबाट अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मृतक थापाका श्रीमान् ७८ बर्षका डम्बर बहादुर थापा, रत्ननगर १२ का ७२ वर्षका चेतनाथ चौलागाई वडा नं. १२ कै ३९ वर्षीया सीता पोखरेल, २५ बर्षिया पुजन विक, रत्ननगर १४ की ६० बार्षिया मिना गुरुङ रहेका छन । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार चलिरहेको छ ।



उज्यालो खबर




