साइबर ब्यूरोले भन्यो – विदेशमा बसेर साइबर अपराध गरे नेपाल ल्याएर कारबाही गर्छौं
काठमाडौं। जापानमा बसेर सामाजिक सञ्जालमार्फत उच्छृंखल अभिव्यक्ति दिएपछि भ्लगर रतन कार्कीविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको छ ।युट्युब तथा सामाजिक सञ्जाल, टिकटक, फेसबुक, इन्सटाग्राममा सक्रिय कार्कीको अभिव्यक्तिले अराजकता फैलाएको भन्दै साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको हो ।
दशरथ रंगशालामा साफ वुमन्स च्याम्पिनसिपको फाइनल खेल भइरहेका बेला युट्युब लाइभमा उनले ‘प्रधानमन्त्रीलाई मार्नुपर्ने’ आशयको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्री केपी शर...


