कावासोती जंगलमा बाटो काट्दै गरेको गैँडासँग मोटरसाइकल ठक्कर खादा २ जना गम्भिर घाइते
नवलपुर- नवलपुरको कावासोतीमा गैडासँग मोटरसाइकल ठक्कर खाँदा २ जना गम्भीर घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तरगत कावासोती ८ खरकट्टा जंगलमा बाटो क्रस गर्दै गरेको गैडासँग ना ३३ प ४२४२ नम्बरको मोटरसाइकल ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए ।
दुर्घटनामा दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका ४ घर भई हाल काठमाडौं कागेश्वरी मनहरा ७ निवासी ३० बर्षीय प्रदीप न्यौपाने र ३५ बर्षीय कृष्ण दहाल घाइते भएका छन् । घाइते दुवैको...


