गैँडाकोट – लायन्सक्लव अफ गैँडाकोट मौलाकालिका लिलिको आयोजनामा गैँडाकोटको एक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको नवदूर्गा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
क्लवले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका करिव ८० जना विद्यार्थीहरुलाई कापी, कलम, पेन्सील, सापनर, लगायतका शैक्षिक सामाग्री वितरण गरेको कार्यक्रम संयोजक भूमा थापा (पुन) ले जानकारी दिनुभयो ।
लायन्सक्लव अफ मौलाकालिका लिलिका अध्यक्ष मनुकला ढुंगानाको अध्यक्षता तथा डिस्ट्रीक गर्भनर लायन दिनानाथ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन राजेन्द्र गौतम, कृष्ण पाण्डे गोपाल गौतम, चिन्तामणी कंडेल, देशबन्धु सिग्देल, किरण केसी लगायत अतिथिहरु रहनुभएको थियो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा क्लवका पूर्वअध्यक्षहरु लक्ष्मी पोखरेल, राधा थापा, कविता बरुवाल, प्रथम उपाध्यक्ष सरस्वती अधिकारी, द्धितीय उपाध्यक्ष कविता शर्मा, तृतीय उपाध्यक्ष दिपा शर्मा, सचिव बृन्दा न्यौपाने कोषाध्यक्ष जुना न्यूरे लगायतको उपस्थिति रहेको थियो ।लायन्सक्लव अफ गैँडाकोट मौलाकालिका लिलिमा २० जना महिलाहरु आवद्ध हुनुहुन्छ ।