गैँडाकोट – त्रिवेणी सूर्यभक्त–पतनादेवी स्मृति वाङमय पुरस्कार साहित्यकार एवंम् भाषविद डा. तुलसी भट्टराईलाई प्रदान गरिएको छ । त्रिवेणी साहित्य प्रतिष्ठान गैँडाकोटले यसवर्षदेखि सुरु गरेको सो पुरस्कार झापा दमक नगरपालिका वडा नं. घर भएका डा. तुलसी भट्टराईलाई प्रदान गरिएको हो । ३३ हजार ३ सय ३३ रुपैय नगद, दोसल्ला र सम्मानपत्र सहित भट्टराई पुरस्कार प्रदान गरिएको हो ।
गैँडाकोट नगरपालिकामा आयोजित एक विशेष कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ भाषाविद प्राध्यापक डाक्टर चुडामणी बन्ध, पूर्वशिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र पुरस्कार दाता गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।
वि.स. २००६ सालमा पूर्वी नेपालको ताप्लेजुङमा जन्मनुभएका भट्टराईका रित्तो घर, तीनधारा (कथा संग्रह) उ पनि त मान्छे हो, मास्टर बाबु (उपन्यास) म जन्मिएको दिन (कविता) सहित दर्जनौ कृतिहरु प्रकाशित छन् ।
त्रिवेणी साहित्य प्रतिष्ठानका उपाध्यक्ष भीमप्रसाद शर्माको अध्यक्षतमा भएको कार्यक्रममा वरिष्ठ भाषाविद प्राध्यापक डाक्टर चुडामणी बन्धु, पूर्वशिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पुरस्कार दाता गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल , प्रतिष्ठानका सल्लाहकार केदारनाथ खनाल, मुना धनन्जय, साहित्यकार गोविन्दराज विनोदी लगायतले बोल्नुभएको थियो ।