×

नवलपुर विशेष

सीडीयो पंगेनीद्धारा रजहरको अस्थाई कोरोना अस्पतालको अवलोकन

सीडीयो पंगेनीद्धारा रजहरको अस्थाई कोरोना अस्पतालको अवलोकन
हिमालदेव पंगेनी रजहर । आज नवलपुर मा आउनुभएकी पहिलो महिला प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले रजहरको अस्थाई कोरोना अस्पतालको अवलोकन गर्नु भएको छ । पद भार ग्रहणका लागि काठमाण्डौबाट नवलपुर आउदै गर्दा नेपालकै उत्कृष्ट कोभिड अस्पतालको निरिक्षण गर्नु भएको हो ।आईतवार अपरान्ह कोरोना अस्पताल अवलोकनका लागी आउनु भएका प्रमुख जिल्लाअधिकारी पंगेनीलाई प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा बिनोद पौडेल पुष्प गुच्छाले स्वागत गर्नु भएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी पंगेनीले को...

प्राकृतिक जीवन शैली  अपनाए कोरोना जस्ता भाइरसबाट बचिन्छः विज्ञ

प्राकृतिक जीवन शैली  अपनाए कोरोना जस्ता भाइरसबाट बचिन्छः विज्ञ
चितवन । बढ्दै गएको कृत्रिम जीवन शैली परित्याग गरी प्राकृतिकरूपमा बाँच्ने अभ्यास गरेमा कोरोना जस्ता भाइरसको सङ्क्रमणबाट बच्न सकिनेमा जोड दिइएको छ । नेपाल ब्राह्मण समाजले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना महामारी, जीवन शैली र स्वास्थ्य’ विषयक प्रवचन कार्यक्रममा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञ डा हरिप्रसाद पोखरेलले जैविक कृषि पद्धतिलाई बिर्सिएर रासायनिक मल प्रयोग गर्दा सबै खानेकुरामा मन्द विष मिसिन थालेको बताउनुभयो । “आजभन्दा ५० वर्ष अघिसम्म जैविक कृषि प्रणाली थियो, त्यसलाई...

नवलपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

नवलपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
गैँडाकोट । पूर्वि नवलपरासी आज थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । मध्यबिन्दु नगरपालिका ,कावासोती नगरपालिका , र बुलिङटार गाउपालिकामा कोरना संक्रमित देखिएका हुन । जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नं. ७, ८, १० र १५ मा दुईजना महिला र सात जना पुरुष कावासोतीमा २ महिला र बुलिङटारमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कावासोतीमा संक्रमण देखिएका २ महिला सुत्केरी हुन भरतपुर अस्पताल जाँदा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ । संक्रमण हुने...

हुप्सेकोटको मुहार फेर्दै छौ : प्रमुख प्रशासकीय अधिकृत सापकोटा

हुप्सेकोटको मुहार फेर्दै छौ : प्रमुख प्रशासकीय अधिकृत सापकोटा
हुप्सेकोट गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तरर्गत नवलपरासी(व.सु.पूर्व) जिल्लामा अवस्थित एक गाउँपालिका हो । साविकको हुप्सेकोट देउराली र धौवादी गाउँ विकास समितिहरुलाई समेटेको हुप्सेकोट गाउँपालिका १८९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । गाउँपालिकाका अनुसार २५०६५ जनसंख्या रहेको छ जसमा पुरुषको संख्या ११२७२ र महिलाको संख्या १३७९३ रहेको छ । ६ वडाहरुमा विभाजित गाउँपालिका साविकको देउराली गाउँ विकास समिति परिसरबाट गाउँपालिकाको सेवा प्रवाह हुँदै आएको छ । पछिल्लो समय कोरोना संक्रमणका ...

सवारी चालकमा कोरोना पुष्टि भएपछि देवचुली नगरपालिका एक हप्ताका लागी बन्द

सवारी चालकमा कोरोना पुष्टि भएपछि देवचुली नगरपालिका एक हप्ताका लागी बन्द
गैँडाकोट । नगरपालिकाका सवारी चालकलाई कोरोना संक्रमण भएपछि पूर्वि नवलपरासीको देवचुली नगरपालिका एकहप्ताका लागी बन्द गरिएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलद्धारा आज जारी सूचनामा नगरपालिका कार्यालयबाट प्रवाह गरिने दैनिक सेवा बन्द गरिएको उल्लेख छ । देवचुली नगरपालिका भवन बाहेक नगरपालिका मातहतका अन्य वडा कार्यालयबाट प्रदान गरिने सेवा भने नियमित हुने कार्यालयले जनाएको छ । सूचनामा नगरपालिका कार्यालयमा कार्यरत स्वास्थ्य सेवा बाहेकका सबै कर्मचारीहरु भाद्र २५ गते ...

गैँडाकोट ५ का कोरोना संक्रमितको भरतपुरमा मृत्यु

गैँडाकोट ५ का कोरोना संक्रमितको भरतपुरमा मृत्यु
गैंडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ५ का कोरोना संक्रमित एक पुरुषको आज दिउसो मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालिका वडा नम्बर ५ का ३७ वर्षका पुरुषको आज मृत्यु भएको गैंडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो । मृतक पुरुष अलकोहलिक हेपाटाईटिस तथा मिर्गौलाको रोगबाट ग्रसित रहेको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले बताउनुभयो । भदौं ९ गते उपचारका लागि अस्पताल भर्ना भएका उनमा भदौं १० गते कोरोना पोजेटिभ देखिएको थियो ।

हुप्सेकोट गाउँपालिका कोरोना मुक्त

हुप्सेकोट गाउँपालिका कोरोना मुक्त
  गैडाकोट । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अहिले कोरोना सङ्क्रमण मुक्त भएको छ । आज बिहान हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ का ४२ वर्षिय पुरुष डिस्चार्ज भएसँगै पालिकाभित्र अहिले सक्रिय संक्रमित शून्य भएको हो । उनी प्राकृतिक चिकित्सालय रजहर बाट निको भई घर फर्किएका हुन् । निको भएका पुरुषको गत भाद्र ३ गते नतिजा पोजिटिभ आएको थियो । तत्पश्चात कन्ट्रयाक्ट ट्रेसिङ का आधारमा सङ्कलन गरिएका सबै स्वावको नतिजा नेगेटिभ आएको थियो । उनी ४२ बर्षीय पुरुष स्थानीय व्यापारी ह...

७ वर्षीय बालक सहित नवलपुरमा २४ जना कोरोना मुक्त

७ वर्षीय बालक सहित नवलपुरमा २४ जना कोरोना मुक्त
गैडाकोट। नवलपुरमा ७ वर्षीय बालक सहित थप २४ जनाले कोरोनालाई जितेर संक्रमण मुक्त भएका छ्न । जिल्लाको रजहर स्थित प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालमा उपचाररत २४ जना बिहीवार संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन । बिहिवार डिस्चार्ज हुनेहरुमा विनयी त्रिवेणि गाउपालिका वडा नं १,६ र ७ का ८ पुरुष र ३ महिला, कावासोती नगरपालिका वडा नं २, १६ र १७ का ५ पुरुष , गैंडाकोट नगरपालिका वडा २, ७ र १३ का ३ पुरुष र ३ महिला , हुप्सेकोट गाउपालिका वडा नं ३ का १ पुरुष र देवचुली नगरपालिका वडा...

गैँडाकोट वडा नं. ५ ले कोरोना विमा सिफारिसका लागी शुल्क नलिने

गैँडाकोट वडा नं. ५ ले कोरोना विमा सिफारिसका लागी शुल्क नलिने
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ५ ले कोरोना विमाको लागी वडा कार्यालयबाट दिने सिफारिस निशुल्क गर्ने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि पछिल्लो समम कोरोना विमा गर्नेको संख्या बढ्दै गएको छ । कोरोना विमाका लागि एकमहिना यता घर बाहिर नगएको प्रमाणित कागज लिन विमा कम्पनिले मागेपछि सम्वन्धित वडा कार्यालयमा सेवाहग्राहीको चाँप बढेको छ । वडा नं. ५ का अध्यक्ष नवराज कडेलले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा विना दस्तुर सिफारिस दिने बताउनुभयो । कोरोना विमा सिफारिस बापत गैँडाकोट नग...