
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ५ ले कोरोना विमाको लागी वडा कार्यालयबाट दिने सिफारिस निशुल्क गर्ने भएको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि पछिल्लो समम कोरोना विमा गर्नेको संख्या बढ्दै गएको छ ।
कोरोना विमाका लागि एकमहिना यता घर बाहिर नगएको प्रमाणित कागज लिन विमा कम्पनिले मागेपछि सम्वन्धित वडा कार्यालयमा सेवाहग्राहीको चाँप बढेको छ ।
वडा नं. ५ का अध्यक्ष नवराज कडेलले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा विना दस्तुर सिफारिस दिने बताउनुभयो । कोरोना विमा सिफारिस बापत गैँडाकोट नगरपालिका भित्रका वडा कार्यालयहरुले २०० रुपैँया लिने गरेका छन ।