गैंडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ५ का कोरोना संक्रमित एक पुरुषको आज दिउसो मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालिका वडा नम्बर ५ का ३७ वर्षका पुरुषको आज मृत्यु भएको गैंडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो ।
मृतक पुरुष अलकोहलिक हेपाटाईटिस तथा मिर्गौलाको रोगबाट ग्रसित रहेको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले बताउनुभयो । भदौं ९ गते उपचारका लागि अस्पताल भर्ना भएका उनमा भदौं १० गते कोरोना पोजेटिभ देखिएको थियो ।