गैँडाकोट । पूर्वि नवलपरासी आज थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । मध्यबिन्दु नगरपालिका ,कावासोती नगरपालिका , र बुलिङटार गाउपालिकामा कोरना संक्रमित देखिएका हुन ।
जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नं. ७, ८, १० र १५ मा दुईजना महिला र सात जना पुरुष कावासोतीमा २ महिला र बुलिङटारमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कावासोतीमा संक्रमण देखिएका २ महिला सुत्केरी हुन भरतपुर अस्पताल जाँदा संक्रमण देखिएको नगरपालिकाले जनाएको छ ।
संक्रमण हुनेहरु मध्यबिन्दु ७ की ५२ बर्षिय महिला, मध्यबिन्दु ८ का ३८ बर्षिय पुरुष, मध्यबिन्दु १० का २२, १७, १३, ४४, ३९ बर्षिय पुरुष र ४५ बर्षिय महिला, यस्तै वडा न. १५ का ४० बर्षिय पुरुष, कावासोती २ ३२ बर्षिय १ महिला र ९ मा २२ बर्षिय १ महिला र बुलिङका ३८ बर्षिय १ पुरूषमा कोरना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख केशब प्रसाद चापागाईले जानकारी जानकारी दिनुभयो ।