
हिमालदेव पंगेनी
रजहर । आज नवलपुर मा आउनुभएकी पहिलो महिला प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले रजहरको अस्थाई कोरोना अस्पतालको अवलोकन गर्नु भएको छ । पद भार ग्रहणका लागि काठमाण्डौबाट नवलपुर आउदै गर्दा नेपालकै उत्कृष्ट कोभिड अस्पतालको निरिक्षण गर्नु भएको हो ।आईतवार अपरान्ह कोरोना अस्पताल अवलोकनका लागी आउनु भएका प्रमुख जिल्लाअधिकारी पंगेनीलाई प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा बिनोद पौडेल पुष्प गुच्छाले स्वागत गर्नु भएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी पंगेनीले कोरोना अस्थाई अस्पतालमा उपचारको क्रममा रहनुभएका सबै कोरोना संक्रमितहरुलाई स्वास्थ्य लाभको कामना गर्दै उच्च मनोवलका साथ कोरोनालाई जितेर घर फर्कने अवसर चाँडो भन्दा चाँडो प्राप्त होस भन्ने कामना समेत गर्नु भएको थियो । त्यस अवसरमा प्राकृतिक चिकित्सालयका निर्देशक डा पौडेलले प्रमुख जिल्ला अधिकारी पंगेनीले अस्पतालको विकासको लागि सहयोग गर्दै आईरहनु भएको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको प्रतिक्रिया ब्यक्त गर्नु भएको थियो ।