गैँडाकोट । नगरपालिकाका सवारी चालकलाई कोरोना संक्रमण भएपछि पूर्वि नवलपरासीको देवचुली नगरपालिका एकहप्ताका लागी बन्द गरिएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलद्धारा आज जारी सूचनामा नगरपालिका कार्यालयबाट प्रवाह गरिने दैनिक सेवा बन्द गरिएको उल्लेख छ ।
देवचुली नगरपालिका भवन बाहेक नगरपालिका मातहतका अन्य वडा कार्यालयबाट प्रदान गरिने सेवा भने नियमित हुने कार्यालयले जनाएको छ । सूचनामा नगरपालिका कार्यालयमा कार्यरत स्वास्थ्य सेवा बाहेकका सबै कर्मचारीहरु भाद्र २५ गते विहिवार सम्मको लागी घरमै सुरक्षित रुपले रहन अनुरोध गरिएको छ ।