×

नवलपुर विशेष

गैँडाकोटमा शुक्रबार दिनभर बिद्युत नआउने

गैँडाकोटमा शुक्रबार दिनभर बिद्युत नआउने
गैँडाकोट। गैँडाकोटमा आज फेरि विद्युत अवरुद्ध हुने भएको छ । आज विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म नै विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जानकारी दिएको छ । ट्रान्सफर्मरको स्तरोन्नती कार्य गरिने र गैँडाकोट नगरपालिकाको वडानम्वर ३,४,५,६,७,८, र ९ का विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । वितरण केन्द्रका मुकुन्दपुर ३३÷११ केभी सव स्टेशनको ट्रान्सफर्मरलाई अप ग्रेडिङ गरिने भएको हो । काम सम्पन्न भए तोकिएको समयअगावै विद्युत लाईन सुचारु...

ट्रयाक्टर चालकको मृत्यु पश्चात दुम्कीबासमा तनाव

ट्रयाक्टर चालकको मृत्यु पश्चात दुम्कीबासमा तनाव
नवलपरासी । पूर्वी नवलपरासीको दुम्किबासमा एक जना ट्याक्टर चालकको निधन भएको विषयलाई लिएर दुम्किबास तनाबग्रस्त भएको छ । विहीबार रातिदेखि स्थानीयले दुम्किबास बजारमा इलाका प्रहरी कार्यालय दुम्किबास अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग राति १ बजेदेखि अवरुद्ध भएको छ भने झडपसम्म  समेतको स्थिति सिर्जना भएको छ । प्रहरीले घटनालाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने दोहोरो झडपमा दुई जना प्रहरी सामान्य घाइते भएको छ ।प्रहरीले स्थितिलाई न...

आर्थिक तथा पर्यटकीय केन्द्र बन्दै नवलपुर

आर्थिक तथा पर्यटकीय केन्द्र बन्दै नवलपुर
दयाराम आचार्य कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा औद्योगिक तथा व्यावसायिक क्षेत्रमा लगानी बढ्दै छ । पूर्वाधार विकासका योजना थपिँदै छन् । यसले नवलपुरमा आर्थिक गतिविधिसमेत बढाएको छ । राष्ट्रिय आर्थिक गणना २०७५ को तथ्यांक अनुसार नवलपुरमा आर्थिक गतिविधि बढेको छ । नवलपुरमा कूल १२ हजार ७४५ वटा आर्थिक प्रतिष्ठान रहेको तथ्यांकमा उल्लेख छ । यो गण्डकी प्रदेशका ११ वटा जिल्लामध्ये दोस्रो स्थान हो । प्रदेशको कास्कीमा सबैभन्दा बढी ३० हजार ७४५ प्रतिष्ठान रहेका छन् । ...

२५ वर्षीया युवती माथि कावासोतीमा सामुहिक बलात्कार

२५ वर्षीया  युवती माथि कावासोतीमा सामुहिक बलात्कार
चोरमारा । नवलपुरको कावासोती–३ अठ्ठाइस विगाहमा २५ वर्षीया युवती माथि सामुहिक बलात्कार भएको छ । घर निर्माणमा मजदुरको काम गर्ने ति महिला माथि मंसिर २३ गते मजदुरी काम गर्ने घरका घरवेटी र संगै काम गर्ने दुई जना अन्य मजदुरले सामुहिक बलात्कार गरेका हुन् । पीडित महिलाले आफुमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुर बुधबारमा उजुरी दिएकी छन् । पीडित महिलालाई जिल्लाको कावासोती–३ अठ्ठाइस विगाहमा बलात्कार भएको सुचनाको आधारमा घटना स्थल पुगेको प्रहरीले घटना स्थलबाट बारा जिल्ला ...

नवलपुरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नवलपुरमा कोरोना संक्रमित  एक महिलाको मृत्यु
नवलपुर । नवलपुरमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ४ कि ७५ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण बुधवार मृत्यु भएको हो । श्वासप्रश्वास सम्बन्धी समस्याबाट लामो समयदेखि पिडित ति वृद्धामा मंसिर १६ गते मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोना पुष्टि भएको थियो । हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद सापकोटाले उज्यालो खबरलाई दिएको जानकारी अनुसार आफन्तहरुले कोरोना संक्रमित वृद्धाको अवस्था गम्भिर बनेपछि...

काठ दाउरा फुकुवा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

काठ दाउरा फुकुवा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना
नवलपुर। सरकारले काठदाउरा कटान, ओसार पोसार तथा विक्रि वितरणमा लगाएको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै सामुदायिक वनका उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अगाडी धर्ना दिएका छन् । काठ दाउरा विक्रि विरतरण रोकिदा उपभोक्ताहरुको अधिकार कुण्ठित भएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपुरको नेतृत्वमा सामुदायिक वनका पदाधिकारी, उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा धर्ना दिएका हुन् । सरक...

ओलीको विकल्प खोज्नु बिजुली सट्टा अगुल्टो खोज्नुजस्तै : मुख्यमन्त्री गुरुङ

ओलीको विकल्प खोज्नु बिजुली सट्टा अगुल्टो खोज्नुजस्तै : मुख्यमन्त्री गुरुङ
लमजुङ ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताउनुभएको छ । उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेँसी–शेरा कालोपत्र सडकको बेँसीशहर नगरपालिका–११ चितीमा मङ्गलबार शिलान्यास कार्यक्रममा उहाँले एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई अध्यक्षको महत्वपूर्ण योगदान रहेकाले उहाँहरुको संवाद र सहकार्य अपरिहार्य रहेकाले यतिबेला सरकार गिराउने र पार्टी अध्यक्ष परिवर्तन गर्ने...

नवलपुरका विभिन्न स्थानमा आज (मंगलबार) बिधुत्त अवरुद्ध हुने

नवलपुरका विभिन्न स्थानमा आज (मंगलबार) बिधुत्त अवरुद्ध हुने
गैँडाकोट । पूूर्वि नवलपरासीका विभिन्न स्थानमा मंगलबार बिधुत्त  अवरुद्ध हुने भएको छ । जिल्लाको कावासोती नगरपालिका, मध्यविन्दुु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकाका विभिन्न स्थानमा विहान १० वजेदेखि अपरान्ह ४ वजेसम्म विधुत्त  अवरुद्ध हुने नेपाल बिधुत्त  प्राधिकरण वितरण केन्द्र कावासोतीले जनाएको छ। वितरण केन्द्रको कावासोती ३३/११ के.भी सव स्टेशनको ट्रान्सर्फमरको स्तरोन्नती (अप ग्रेडिङ) कार्य गर्नुपर्ने भएकाले बिधुत्त सेवा अवरुद्ध हुने भएको हो । तोकिएको समय अगावै काम सम्पन्न भएम...

माओवादीका शिर्ष नेताहरूको सुरक्षामा खटिएका लडाकुको बेहाल

माओवादीका शिर्ष नेताहरूको सुरक्षामा खटिएका लडाकुको बेहाल
चितवन । घाम अस्ताउँदै गरेको गोधूली साँझमा नवलपरासी गैंडाकोटको एक होटल अगाडि पेटीमा तुलबहादुर घर्ती ‘मुनाल’ भेटिए । टाउकोमा पूर्वमाओवादीको जनमुक्ति सेनाले लगाउने टोपी, चिउँडोमा मास्क, प्याजी रंगको कपडा, च्यातिएको भक्कु चप्पल लगाएको अवस्थामा भेटिएका उनले आफू पूर्वमाओवादी लडाकू रहेको बताए । उनको दायाँ हात काँपिरहेको थियो । हिँड्न खुट्टाको भर थिएन । पक्षघातले बोली लरबराएको र नबुझिने थियो । चितवनको भरतपुर अस्पतालमा उपचारपछि श्रीमतीसहित घर फिर्ने तयारीमा रहेका मुनाल रात कटाउन हो...