×

गैँडाकोट । कुसुमनगर टोल विकास संस्था गैँडाकोट ५ को समन्यवमा अपाङ्ग जीवन विकास संस्था गैँडाकोटमा १ मा रहेका अपाङ्गहरुको लागि खाद्यान्न सहयोग गरिएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. ५ निवासी भक्तिराम खराल (हाल जर्मन)को पहलमा जर्मन नागरिकहरु राज मेहरा, रिना मेहरा, एन्जा मेहरा, अक्षय मेहरा, सोनु मेहरा र साहेना मेहराले पठाएको खाद्यान्न आज एक कार्यक्रमका विच सहयोग गरिएको हो । कुसुमनगर टोल विकास संस्थाका अध्यक्ष भूमा थापा पुनको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगदाता भक्तिराम खराल की श्रीमती श्यामकला खराल , दिदि देवी गौतम, छोरा पशुपती खराल र छोरी सीता खरालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सहयोग दाता भक्तिराम खरालकी श्रीमती अतिथि श्यामकला खरालले अपाङ्गहरुको सस्थामा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले आगामी दिनमा समेत आफ्नो परिवारले सक्दो सहयोग गर्ने बताउनु भयो । कार्यक्रमका अध्यक्ष एवं समाजसेवी भूमा थापा पुनले अपाङ्गं जिवन विकास संस्थाले समाजसेवाको बाटोमा गरेको कार्य प्रशंसनीय भएको भन्दै संस्थाको अवस्था कमजोर भएकोले सहयोग गरिएको बताउनु भयो । खाद्यान्न सहयोग कार्यक्रममा चामल, दाल ,तेल, आटा , नुन ,आलु , घ्यू लगायतका खाध्य सामाग्री सहयोग गरिएको थियो ।

सोहि अवसरमा संस्थाका अध्यक्ष एवंम् संरक्षक बालकृष्ण सापकोटाले अपागं जिवन विकास संस्थाको बारेमा धारणा राख्दै सहयोग गर्ने मेहरा तथा खराल परिवारलाई धन्यवाद दिनुभयो । अपागं जिवन विकास संस्थामा देशका विभिन्न स्थानका २७ जना अपाङ्गहरु आश्रीत रहेका छन ।

तपाईको प्रतिक्रिया