Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । नेपाल कम्युुजिष्ट पार्टि नेकपा २ समूहमा विभक्त भएपछि देशका विभिन्न जिल्लामा को कता भन्ने प्रश्न यतिवेला उठिरहेको छ । नयाँ जिल्लाको रुपमा परिचय बनाएको नवलपुर भने ओली समूहको बर्चस्व देखिएको छ ।

नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित तिलबहादुर महत क्षेत्री तथा प्रदेश सांसद रोशनबहादुर गाहा, जनकलाल श्रेष्ठ र प्रदेश समानुपातिककी लक्ष्मी सुनार ओली समूहमा छन् ।स्थानीय तहमा निर्वाचित भएकामध्ये कावासोती नगरपालिका मेयर चन्द्रकुमारी पुन र उपमेयर प्रेमशंकर मर्दनीया तथा देवचुली नगरपालिकाकी उपमेयर पार्वता तिवारी र हुप्सेकोट गाउँपालिकाकी उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल ओली समूहमा लागेका छन् ।

जिल्लाको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल भने पर्ख र हेर को अवस्थामा छन । उनि खुलेर कुनैपनि समूहमा लागेको देखिएको छैन । सर्वोच्चमा मुद्धा विचाराधिन रहेको र आफु जनताको प्रतिनिधि रहेकाले अहिले नै यो त्यो समूह भनेर नलाग्ने उनले बताए ।

तपाईको प्रतिक्रिया